Press Statement
अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्वारा न्यूज अभियानविरुद्ध प्रहरी परिचालनको विरोध
08 Aug, 2017अख्तियार दुरुपयोग अनुसन्धान आयोगसँग सम्वन्धित प्रकाशित एक समाचारको विषयमा काठमाडौंबाट प्रकाशित हुने न्यूज अभियान डटकममा अख्तियारले प्रहरी परिचालन गरि मानसिक तनाव दिने कार्यप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।
आयोगका गतिविधी र कार्वाहीको बारेमा समाचार प्रकाशित गरेकै आधारमा अख्तियारले प्रहरीको केन्द्रीय जाँच व्यूरो (सिआइबी) लाई परिचालन गरि समाचार संस्थाको कार्यालयमा छापामार शैलीमा गएर समाचारको प्रमाण माग्दै धम्क्याउने कार्य राज्यशक्तिको दुरुपयोग हो ।
राज्यशक्तिको दुरुपयोग गर्दै समाचार संस्थामा प्रहरी परिचालन गरेर मात्र नपुगी सिआइबीका उच्च अधिकारीले न्यूज अभियान डटकमका सम्पादक छायाँचन्द्र भण्डारीलाई धम्क्याउने कार्यको हामी भत्सर्ना गर्दछौ ।
देशको संवैधानिक निकाय निर्वाचन आयोगले २०७४ साउन १५ गतेको निर्णय भन्दै काठमाडौंबाट प्रकाशित हुने देशान्तर साप्ताहिकका सम्पादक कविर राणालाई आयोगसँग सम्वन्धित समाचार सामग्रीको विषयमा प्रमाणसहित आयोगमा ३ दिनभित्र उपस्थित गराई र आवश्यक कार्वाही गराउन प्रेस काउन्सिललाई लेखि पठाएको करिव १० दिनमै अर्को संवैधानिक निकाय अख्तियार दुरुपयोग अनुसन्धान आयोग पनि आफ्नो शक्तिको दुरुपयोग गर्न उत्रिनु दुखको विषय हो ।
राज्यका संवैधानिक निकायहरु आफ्नो सीमा र मर्यादलाई नाघ्दै सञ्चारमाध्यप्रति खनिनुले त्यसका नेतृत्वको सञ्चारमाध्यमप्रतिको अनुदार रवैयालाई पुष्टी गरेको छ । एउटा समाचार संस्थाले समाचार लेखेकै भरमा उसलाई तर्साउने र राज्यशक्तिको दुरुपयोग हुने गरि प्रहरी लगाएर कार्वाहीको धम्की दिने कार्यको युनियन विरोध गर्दछ। नेपाल प्रेस युनियन न्यूज अभियान डटकम माथि आयोगले लगाएको वक्रदृष्टीको विपक्षमा रहँदै सबै प्रेस स्वतन्त्रता पक्षधरहरुलाई एक ठाउँमा उभिइ यस घटनाको विरोध जनाउन आग्रह समेत गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here