Press Statement
आन्दोलनमा सञ्चारमाध्यम र सञ्चारकर्मीमाथि दुर्व्यवहार
23 Nov, 2015तराइ मधेशमा जारी बन्द, हड्ताल लगायतका आन्दोलनको समाचार संकलनका क्रममा सञ्चारमाध्यम र सञ्चारकर्मीउपर सरकार र आन्दोलनकारीका पक्षबाट भएका दुर्व्यवहार र आक्रमणका श्रृङखलाबद्ध घटनाले नेपाल प्रेस युनियन दुखित भएको छ।
यसैक्रममा राजविराज १ निवासी दिलिप साह र उनकी ५ बर्षीया छोरी मुस्कानलाई गोली लागेको घट्नाको रिपोर्टिङ्ग गर्न गएका नेपाल प्रेस यूनियनका सप्तरी अध्यक्ष ओमप्रकाश शाह सहित नेपाल पत्रकार महासंघका पार्षद सतीशकुमार दत्त, ग्रीन मधेश दैनिकका परिष कर्ण र सी. एफएमका आशुतोष आनन्द सिंहमाथि प्रहरीले मिति २०७२ साल मंसिर ६ गते बेलुकी ५ बजेको समयमा राजविराजमा गरेको कुटपिट र दुव्र्यबहार तथा बिलोचन साप्ताहिकको कार्यालय एवं नेहा अफसेट प्रेसको कार्यालयभत्रै मंसिर ७ गते दिउँसो प्रवेश गरेर आन्दोलनका क्रममा खटिएका प्रहरीद्धारा भएको तोडफोड र पत्रकारहरुको मोटरसाइकलमा लाठी प्रहार गरेर क्षति पुर्याएको घटनाप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ।
प्रेस लेखिएको पोशाक लगाएको तथा पत्रकार परिचयपत्र समेत झुण्डयाएर रिपोर्टीङमा गएका चारैजना पत्रकारहरुलाई तिमीहरु तस्वीर खिचेर हिरो बन्छस् भन्दै कुटपिट र लाठी प्रहार गर्दै ज्यान मार्ने धम्की समेत दिएको बिषयलाई हामीले गम्भिरतापूर्वक लिएका छौ।
नेपाल प्रेस युनियन स्वतन्त्रतापूर्वक समाचार संकलन, प्रकाशन र प्रसारणमा रोक लगाउने कार्यको विपक्षमा छ। समाचार संकलन, प्रकाशन र प्रसारणमा रोक लगाउने नियतका साथ भएका कुनै पनि कार्यमा संलग्न जोसुकै भएपनि कारवाही गर्न नेपाल प्रेस युनियन सरकार तथा स्थानीय प्रशासनसँग माग गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download