Press Statement
आयल निगमका प्रवन्ध निर्देशकले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण
05 Aug, 2017नेपाल प्रेस युनियनका केन्द्रिय सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई आयल निगमका प्रवन्ध निर्देशक गोपाल खड्काले दिएको धम्कीप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।
निगमका प्रवन्ध निर्देशक खड्काले समाचार संकलनका क्रममा आपूर्ती मन्त्रालय पुगेका पत्रकार पौडेललाई मात्र नभइ उनका परिवारलाई पनि क्षती पुर्याउने आसयले धम्की दिएको घटनाको युनियन कडा शब्दमा भत्सर्ना गर्दछ।
केहि समयदेखि निगममा संस्थागत रुपमा भइरहेका अनियमितताको भण्डाफोर गरेका पत्रकार पौडेललाई चुप लगाउने नियतका साथ खड्काले धम्की दिएको हाम्रो बुझाइ छ।
सरकारको केन्द्रीय सचिवालय सिंहदरवारमै पत्रकारमाथि दुर्व्यवहार गर्दै धम्की दिइने यस कार्यले सरकारी निकायमा मौलाउँदो अराजकता र दण्डहिनतालाई संकेत गरेको छ।
नेपाल प्रेस युनियन पत्रकार र उनको परिवारलाई ज्यान लिनेसम्मको धम्की दिने निज खड्कालाई तत्काल पदबाट निलम्वन गरि कार्वाहीको प्रक्रियामा लैजान र पत्रकारलाई भयरहित वातावरणमा पत्रकारीता गर्ने वातावरण बनाउन सरकार तथा सम्वन्धित पक्षसँग माग गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download