Press Statement
कान्तिपुर दैनिकको गाडी जलाएको घटनाप्रति ध्यानाकर्षण
28 Dec, 2015
आन्दोलनका विरुद्ध समाचार लेखेको आरोप लगाउँदै मधेसी मोर्चाका कार्यकर्ताले वीरगञ्जमा कान्तिपुर दैनिकको गाडी जलाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पुस १२ गते कान्तिपुरको चितवनस्थित भरतपुर क्षेत्रीय कार्यालयबाट वीरगञ्ज पत्रिका पुर्याएर फर्केको बा १३ च ४९५ नम्बरको गाडीमा वीरगञ्ज–पथलैया सडकखण्डको परवानीपुर सडका चोकमा रहेका २०/२५ जनाको समूहमा रहेका कार्यकर्ताले पट्रोल खनाई आगो लगाएका थिए ।
यसैगरी सोही दिन मोर्चाका कार्यकर्ताहरुले भोजपुरी टाइम्सका सम्मबाददाता अजय चौरसियालाई समाचार संकलनका क्रममा वीरगञ्जको नेशनल ट्रेडिङ नजिक दुर्व्यवहार गरिएको महासंघ पर्सा शाखाले जनाएको छ ।
कुनै पनि बहानामा पत्रकार र सञ्चारमाध्यममाथि आक्रमण हुनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ नागरिकको सुसूचित हुने अधिकारमाथि गम्भीर आघात पुग्ने यस्ता गतिविधिको कडा शब्दमा भर्त्सना गर्दछ । पत्रकार र सञ्चारमाध्यममाथि हुने यस किसिमका आक्रमण नदोहोर्याउन सम्बन्धित पक्षसँग आग्रह गर्दछ । साथै, पत्रकार र सञ्चारमाध्यमको सुरक्षामा गम्भीर भई सहज वातावरण निर्माण गर्न स्थानीय प्रशासनको ध्यानाकर्षण गराउँदछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download