Press Statement
कार्यक्रम बन्द गराइएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
13 Jun, 2018नेपाल टेलिभिजनमा विगत १२ वर्षदेखि प्रसारण हुँदै आएको ‘सिधा प्रश्न’ नामक अन्तर्वार्तामूलक कार्यक्रममा कार्यक्रम प्रस्तोता राजु थापाले प्रश्न सोधेकै आधारमा कार्यक्रम नै बन्द गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
हरेक शनिबार राति ८ः४५ मा प्रसारण हुने उक्त कार्यक्रमअन्तर्गत गत शनिबार सञ्चार तथा सूचना प्रविधिमन्त्रीसँग लिइएको अन्तर्वार्ताका क्रममा प्रस्तोता थापाले मन्त्रीसँग सम्पत्ति विवरणका सम्बन्धमा प्रश्न सोधेपछि मन्त्रीकै प्रत्यक्ष निर्देशनमा उक्त कार्यक्रम बन्द गराइएको छ ।
प्रश्न सोधैकै आधारमा निरन्तर रूपमा प्रसारणमा रहेको कार्यक्रम बन्द गराइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप र लोकतन्त्रको उपहासका साथै प्रेसको विश्वव्यापी मान्यताविपरीतको कार्य रहेको महासंघको ठहर छ ।
महासंघ सरकारले नीति तथा कार्यक्रममा आफूले सञ्चारमाध्यम सञ्चालन नगर्ने प्रतिवद्धता गरेको स्मरण गराउन चाहन्छ । लोकतन्त्रमा प्रश्न सोध्ने र आफ्नो कुरा राख्न पाउने अधिकार संविधानले सुनिश्चित गरेको छ । सञ्चार जगतको हकहितको जिम्मेवारी लिनुपर्ने सञ्चार तथा सूचना प्रविधि मन्त्रीबाटै प्रेसलाई हतोत्साहित बनाउने गरी भएको यस्ता कार्यले सरकार प्रेस स्वतन्त्रताप्रति गम्भीर र प्रतिवद्ध नरहेको देखाउँछ छ । महासंघ यो घटनाप्रति खेद व्यक्त गर्दछ । र, तत्काल कार्यक्रम सुचारु गराई संविधानप्रदत्त प्रेसको अधिकारको सम्मान गर्न सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँदछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download