Press Statement
कुटपिटविरुद्ध पत्रकार आन्दोलित; सिंहदरवार अगाडी धर्ना
11 Apr, 2016
अनलाइनखबरमा कार्यरत फोटो पत्रकार कविन अधिकारीमाथि चैत्र २८ गते विहान ११ वजे आइतवार नेपाल सरकारको केन्द्रीय प्रसासनिक निकाय सिंहदरवारमा प्रहरीले गरेको दुर्व्यवहार र कुटपीटको घटनाको नेपाल प्रेस युनियन विरोध गर्दछ। घटनामा संलग्नहरुलाई कार्वाहीको प्रक्रियामा ल्याई पिडित पत्रकार अधिकारीलाई उपचारको उचित व्यवस्था मिलाउन युनियन माग गर्दछ।
सामान्य प्रशासन मन्त्रालयमा भएको निजामती कर्मचारीहरुको विरोध प्रदर्शनको समाचार संकलनका क्रममा फोटोपत्रकार अधिकारीमाथि प्रहरीले गरेको आक्रमणको घटनाले प्रेस जगतमाथि राज्य र तिनका निकायहरुको व्यवहार अहिले पनि निरंकुश शैलीकै रहेको मात्र देखाएको छैन यसले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतालाई पनि कुण्ठित गर्ने प्रयास गरेको छ। सूचना र सञ्चार नागरिकको अधिकार भएपनि सूचना र समाचार संकलनमा गएका श्रमजिवी पत्रकाहरुमाथि कुटपीट गर्ने अमानविय घटनाले पत्रकारीता क्षेत्र र नागरिकले सूचनामा पहुँच राख्न पाउने अधिकारप्रति सरकारको अनुदार अनुहार पनि उदाङगिएको छ।
नेपाल प्रेस युनियन फोटो पत्रकार अधिकारीमाथि भएको आक्रमण र कुटपीटको विरोधमा सडकमा उत्रिएको जानकारी गराउँछौ। यसैक्रममा युनियनको काठमाडौं शाखाले सिंहदरवार हनुमानस्थाननजिकै दवावमुलक विरोध कार्यक्रम गरेको छ। दोषी उपर कार्वाही गरि पिडितलाई उपचार लगायतका व्यवस्था नभएसम्म युनियनले विरोधका कार्यक्रम जारी राख्ने जानकारी गराउँछौ।
युनियन पिडित फोटो पत्रकार कविन अधिकारीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here