Press Statement
केन्द्रिय सदस्य झामाथि प्रहरी आक्रमण
26 Dec, 2015
तराइ मधेशमा जारी आन्दोलनका क्रममा २०७२ पुष ९ गते बिहीबार साँझ विराटनगरस्थित महावीर रोडमा मोर्चाका कार्यकर्ताहरुले गरेको कार्यक्रममा तस्विर खिच्दै गर्दा प्रहरीले नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य अवधेश झालाई दुर्व्यवहार गर्दै संवेदनशील अंगमा प्रहार गरि घाइते बनाएको छ। कान्तिपुर दैनिकमा कार्यरत झालाई प्रहरीले कुटेपछि तत्काल स्थानिय पत्रकार साथीहरुले अस्पताल पुर्उनुभएको थियो। विराटनगरस्थित गोल्डेन अस्पतालमा भर्ना हुनुभएका झा चिकित्सकको निरिक्षणमा हुनुहुन्छ।
समाचार संकलनको क्रममा रहेका पत्रकार झामाथि प्रहरीले गरेको कुटपीटको नेपाल प्रेस युनियन कडा शब्दमा निन्दा गर्दछ। यो आक्रमण स्वतन्त्र प्रेसको भावना र अस्तित्वमाथि गरिएको आक्रमणको रुपमा युनियनले लिएको छ। पत्रकारलाई स्वतन्त्रतापूर्वक समाचार संकलन र समाचार सम्प्रेषणको अधिकार हुन्छ भनेर दावी गर्ने सरकार तथा आन्दोलनका क्रममा कुनैपछि दमन नभएको बताउने प्रहरी नेतृत्व दुबैको भनाइ र व्यवहार फरक रहेको झामाथि भएको आक्रमणले पुष्टी गरेको छ।
स्वतन्त्र तथा भयरहित वातावरणमा समाचार संकलन र समाचार सम्प्रेषणको वातावरण नेपालमा नरहेको सन्देश दिने यस खालका घटना रोक्न आफ्ना मातहतका निकायलाई कडा निर्देशन दिन र स्वतन्त्र प्रेसको अस्तित्वलाई स्विकार्न युनियन यसै विज्ञप्ती मार्फत सरकार तथा आन्दोलरत दलहरुलाई आग्रह गर्दछ। अन्यथा सरकार तथा आन्दोलनकारीहरुको ज्यादतीको भण्डाफोर गर्दै अन्तराष्ट्रियकरण गर्ने र आन्दोलनमा उत्रन समेत युनियन पछि नपर्ने चेतावनी दिन चाहन्छौ।
नेपाल प्रेस युनियन कुटपीटमा संलग्न प्रहरी माथि तत्काल कारबाहीको माग गर्दछ। साथै घाइते पत्रकार झाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here