Press Statement
गोरखापत्रबाट पत्रकार सीताराम विलासीलाई हटाउने कार्यको विरोध
19 Nov, 2015गोरखापत्र दैनिकमा विगत नौ वर्षदेखि कार्यरत नेपाल प्रेस युनियनका केन्द्रीय पार्षद एवं गोरखापत्र प्रतिष्ठान शाखाका कोषाध्यक्ष सीताराम विलासीलाई त्यहाँ अस्थायीरुपमा काम गर्दै आएका श्रमजीवी पत्रकारहरुको पेशागत हितका लागि नेतृत्व गरेको बहानामा यही कात्तिक महिनाबाट म्याद थपको पत्र नदिएको कुराले युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
गोरखापत्रका २३ जना श्रमजीवी पत्रकारहरुले आफ्नो पेशागत स्थायित्वका लागि नेपाल पत्रकार महासंघको लिगल डेक्समार्फत सर्वोच्च अदालतमा मुद्दा दायर गरेको र सोही कुरालाई लिएर गोरखापत्रका सबै श्रमजीवी पत्रकारको दुई दिनसम्म समाचार छाप्न बन्द गरिएको, पछि त्यसको व्यापक आलोचना हुने देखिएपछि नेतृत्व गर्दै आएका विलासीलाई फेसबुकमा लेखिएको व्यक्तिगत विचारलाई बहाना बनाएर म्याद थप नगरिएको पीडितको गुनासो छ ।
वषौंदेखि काम गर्दै आएका श्रमजीवी पत्रकारहरुलाई स्थायी गर्नुपर्नेमा विभिन्न बहानामा हतोत्साही गर्ने, म्याद थप नगर्ने जस्ता कार्य गोरखापत्र व्यवस्थापनको क्रियाकलाप निन्दनीय छ । लामो समयदेखि काम गर्दै आएको एउटा श्रमजीवी पत्रकारलाई प्रतिशोधपूर्ण तरिकाले म्याद थप नगरि निष्काशन गर्न खोज्नु गैरकानुनी र अमानवीय कार्य हो।
नेपाल पत्रकार महासंघ गोरखापत्र शाखाका सचिवसमेत रहेका विलासीको पेशागत सुरक्षाका लागि पत्रकार महासंघबाट नै ठोस पहल नभएको कुराले युनियनलाई थप गम्भीर बनाएको छ। महासंघमार्फत सर्वोच्चमा मुद्दा हालेको कारण गोरखापत्र श्रमजीवी पत्रकारहरुलाई एउटा एउटा बहाना बनाएर एकपछि अर्कोलाई निष्काशन गर्ने रणनीति बनाउँदा पनि महासंघ मुकदर्शक भएर बसेको छ ।
तसर्थ, युनियनका केन्द्रीय पार्षद एवं गोरखापत्र दैनिकका समाचारदाता विलासीलाई तत्काल म्याद थप गरी गोरखापत्रका सबै श्रमजीवी पत्रकारहरुको पेशाको सुरक्षा गर्न सुचना तथा सञ्चार मन्त्रालय र गोरखापत्र संस्थानसँग युनियन जोडदार माग गर्दछ । अन्यथा, यस कदमविरुद्ध युनियन कडारुपमा प्रस्तुत हुने बाध्य हुनेछ ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download