Press Statement
दोषीमाथि कारबाही गर
28 Mar, 2017आज चैत्र १५ गते रत्नराज्य लक्ष्मी क्याम्पसमा भइरहेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको समाचार संकलनका गरिरहेका पत्रकारलाई लक्षित गरी पेट्रोल बम प्रहार गरिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
निर्वाचनको विरोधमा उत्रिएका विद्यार्थी संगठन र प्रहरीबीच भएको झडपको फोटो खिचिरहेको अवस्थामा गरिएको पेट्रोल बम अनलाइनखबरका फोटो पत्रकार श्रीधर पौडेल र दी काठमान्डू पोष्टका फोटो पत्रकार केशव थापाप्रति लक्षित गरी प्रहार गरिएको जनाइएको छ ।
स्वतन्त्रतापूर्वक पेशागत धर्म निर्वाह गरिरहेका पत्रकारमाथि भएको यो आक्रमणको महासंघ निन्दा गर्दै घटनाको छानविन गरी दोषीमाथि तत्काल कारबाही गर्न सम्बन्धित पक्षसंग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here