Press Statement
दोषीलाई कारबाही नभएकोप्रति महासंघको ध्यानाकर्षण
08 Jun, 2017नेपाल पत्रकार महासंघ पर्सा शाखा उपाध्यक्ष अनुप तिवारीलाई २०७४ जेठ २२ गते सुनियोजित रुपमा मोबिल खन्याई आगो लगाउन खोजेको घटनाका दोषीलाई अझैपनि कारबाही नभएकोप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । पत्रकार तिवारीलाई साँझको समयमा विरगंजको छप्कैयामा घर जाँदै गर्दा अज्ञात व्यक्तिहरुले दुव्र्यवहार गर्दै आगो लगाउन खोजेको जानकारी पर्सा शाखाबाट प्राप्त भएको छ ।
त्यसैगरी यहि जेठ २४ गते नेपाल पत्रकार महासंघ प्य७३घढसठान शाखा सहसचिव तथा लिस्ने एफएमका साथै माउन्टेन टिभी प्यूठान संवाददाता हरि भण्डारी र लिस्ने एफएम संवाददाता राजेन्द्र राउत क्षेत्रीलाई प्रहरीले पक्राउ गरेको जानकारी प्राप्त भएको छ । पत्रकार भण्डारीलाई प्रहरीले आज रिहा गरेको भएतापनि पत्रकार क्षेत्री अझै प्रहरी हिरासतमै हुनुहुन्छ ।
महासंघ स्वतन्त्र पत्रकारिता माथि ह७३घढसने नियोजित आक्रमण तथा प्रहरी हस्तक्षेपको निन्दा गर्दै दोषीमाथि कारबाहीको माग गर्दछ । घटनाका दोषीलाई कारवाही गर्न र पत्रकारहरुलाई निर्भयताकासाथ आफ्नो पेशामा लाग्ने वातावरण निर्माण गर्न सम्बन्धित पक्षसंग महासंघ माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download