Press Statement
निर्वाचन आयोगको कदमप्रति खेद व्यक्त
01 Aug, 2017पत्रिकामा प्रकाशित समाचारको विषयलाई लिएर निर्वाचन आयोगले देशान्तर साप्ताहिकका प्रधानसम्पादकलाई सम्बन्धित समाचार सामग्रीको प्रमाणसहित ३ दिनभित्र निर्वाचन आयोगमा उपस्थित गराउन सोको कारबाही हुन प्रेस काउन्सिललाई लेखी पाठाउन भनी निर्वाचन आयोगले गरेको निर्णयप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
२०७४ जेठ ८ र १५ गते देशान्तर साप्ताहिकमा प्रकाशित क्रमशः ‘निर्वाचन आयोगमा मामाको धनमा फुपुको श्राद्ध’ र ‘निर्वाचन आयोगलाई १८ अर्व सक्नुपर्ने’ शीर्षक समाचारको विषयलाई लिएर साप्ताहिकका प्रधानसम्पादकलाई उपस्थित र कारबाहीका लागि आयोगले काउन्सिलमा पत्राचार गरेकोे थियो ।
प्रकाशित वा प्रसारित समाचारको विषयमा चित्त नबुझे या कुनै गुनासो रहे त्यस उपर परेका उजुरी हेर्ने वा पत्राचार आचारसंहिताको अनुगमन गर्ने निकाय प्रेस काउन्सिलको क्षेत्राधिकारलाई नबुझीकन निर्वाचन आयोगबाट कारबाही आदेश दिइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको अनाधिकृत हस्तक्षेप हो । महासंघ निर्वाचन आयोगको यस कदमप्रति खेद व्यक्त गर्दछ र आगामी दिनमा यस घटना नदोहो¥याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछ । साथै, समाचारप्रति चित्त नबुझे कानुन वा पत्रकार आचारसंहिताबमोजिम उपचार खोज्न पनि महासंघ आयोगलाई आग्रह गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download