Press Statement
सरकारको नीति तथा कार्यक्रममा पत्रकारका केही महत्वपूर्ण विषय समावेश नगरिएकोमा महासंघद्वारा सरकारको ध्यानाकर्षण
09 May, 2016नेपाल सरकारले आर्थिक वर्ष २०७३/७४ लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा श्रमजीवी पत्रकार ऐन कार्यन्वयनको अनुगमन, आमसञ्चार नीति कार्यान्वयन, पत्रकारहरूको योग्यताको मापदण्ड, सञ्चारमाध्यमको मापदण्ड निर्धारण गरी वर्गीकरण तथा विशिष्टीकरण गर्ने लगायत विषय सकारात्मक हुँदाहुँदै केही महत्वपूर्ण विषयहरू समावेश नगरिएकोप्रति नेपाल पत्रकार महासंघ ध्यानाकर्षण गराउन चाहन्छ ।
पत्रकार क्षमता अभिवृद्धिका लागि राष्ट्रिय आम सञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारहरुको स्वास्थ्य बीमा, निर्देशिका समेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्तिलगायतका विषयमा महासंघसँग सहकार्य गरी कार्यान्वयनमा ल्याउन सम्बन्धित मन्त्रालयका मन्त्रीसँग पटक–पटक छलफल भई सार्वजनिक रुपमै सरकारले नीति तथा कार्यक्रममा समावेश गरी कार्यन्वयनमा लाने प्रतिबद्धता जनाइएको थियो । तर, नीति तथा कार्यक्रममा प्रतिबद्धता अनुसार ती विषयलाई समावेश गरिएको छैन ।
त्यसैगरी सरकारद्वारा सञ्चालित सञ्चार माध्यमहरुलाई छुट्टै स्वायत्तता दिई सञ्चालन गर्ने गरी सार्वजनिक सेवा प्रसारण (पीएसवी) अन्तर्गत लैजाने गरी समितिसमेत गठन भैसकेको अवस्थामा त्यसप्रति नीति तथा कार्यक्रममा केही उल्लेख नगरिनुले सञ्चार क्षेत्रका समस्याहरूप्रति सरकार कतै उत्तरदायी नभएको त होइन भन्ने आशंका उत्पन्न भएको छ ।
अतः राष्ट्रिय आमसञ्चार प्रशिक्षण प्रतिष्ठान गठन, पत्रकारहरुको स्वास्थ्य बीमा, निर्देशिका समेत तयार भएको द्वन्द्वपीडित पत्रकार कल्याणकारी कोष सञ्चालन, जेष्ठ पत्रकार सम्मानवृत्तिलगायत विषयलाई नीति तथा कार्यक्रममा समावेश गरी आगामी बजेटमा समेत बिनियोजन गर्न महासंघ सरकारसँग आग्रह गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here