Press Statement
नेपाल ःकारोना संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह
09 May, 2020कारोना संक्रमणले उत्पन्न गराएको अहिलेको संकटपूर्ण अवस्थामा केही सञ्चारगृहहरुले श्रमजीवी पत्रकारहरुलाई कामबाट हटाउने, पारिश्रमिक घटाउने र बेतलबी बिदा दिने क्रम बढेकोप्रति नेपाल पत्रकार महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । कोरोना संक्रमणले उत्पन्न गराएको लकडाउन लगायतका कठिन परिस्थितिमा कुनै पनि सञ्चार प्रतिष्ठान आफ्ना कर्मचारी र कामदारप्रतिको दायित्वबाट पन्छिन मिल्दैन भन्ने महासंघको निष्कर्ष छ । संक्रमणको उच्च जोखिम मोलेर जनतालाई सूचना प्रवाह गर्ने काममा अहोरात्र खटिरहेका सञ्चारकर्मीको व्यावसायिक सुरक्षाको सम्मान गर्न महासंघ सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।
महासंघ श्रमजीवी पत्रकारलाई कामबाट हटाउने कार्य तत्काल रोक्न, पारिश्रमिक नपाएका पत्रकारहरुलाई पारिश्रमिक उपलब्ध गराउन, खाइपाइ आएको पारिश्रमिक नघटाउन र बेतलबी बिदामा नराख्न आग्रह गर्दछ । अन्यथा महासंघ कानुनी लगायतका सबै संघर्षमा जान बाध्य हुने प्रष्ट पार्न चाहन्छ ।
साथै अहिलेको विषम परिस्थितिमा श्रमजीवी पत्रकार र सञ्चार प्रतिष्ठानहरुलाई राहत र सहुलियत उपलब्ध गराउन महासंघ नेपाल सरकारसँग जोडदार माग गर्दछ ।
लकडाउनको समयमा प्रेसको दुरुपयोग गरी सवारी साधन र ज्याकेट प्रयोग गर्ने प्रवृत्ति बढेकोप्रति महासंघको गम्भिर ध्यानाकर्षण भएको छ । महासंघ सञ्चारकर्मी बाहेकका व्यक्तिलाई त्यस किसिमको दुरुपयोग नगर्न आग्रह गर्दछ । अनाधिकृत रुपमा प्रेसको दुरुपयोग गर्ने व्यक्तिलाई चेकजाँच गरी कारवाही गर्न महासंघ सम्बन्धित निकायसँग आग्र गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, June 2022 06/15/2022 Download
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download