Press Statement
नेपाल ःपत्रकार साहको हत्यामा संलग्न अभियुक्तलाई १३ वर्षपछि पक्राउ : हत्यामा संलग्न अन्यलाई कानुनी दायरामा ल्याउन माग
14 Sep, 2020बाराका पत्रकार वीरेन्द्रकुमार साहको हत्यामा संलग्न रही फरार रहेका अभियुक्त हरेराम पटेल १३ वर्षपछि प्रहरीले पक्राउ गरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाएकोे घटनालाई नेपाल पत्रकार महासंघले सकारात्मक रुपमा लिँदै स्वागत गर्दछ ।
२०६४ असोज १८ गते बाराको डोढियापिपरा बजारबाट अपहरणमा परेका पत्रकार साहको हत्या गरी ३५ दिनपछि कात्तिक १८ गते बाराको डुमरवान–७ स्थित जंगलमा गाडिएको अवस्थामा शव फेला परेको थियो । १३ वर्षपछि हत्याका आरोपी पक्राउ पर्नुले ढिलै भए पनि कानुनी न्याय प्राप्त हुने र दण्डहीनताको अवस्था क्रमशः अन्त्य हुने विश्वास महासंघको छ । महासंघ अभियुक्त पटेललाई कानुनले तोकेबमोजिमको पूरा सजाय दिन र हत्यामा संलग्न रही अझैं फरार रहेका लालबहादुर चौधरीसहितका व्यक्तिको खोजी कार्यलाई तदारुकताका साथ अगाडि बढाउन र कानुनी दायरामा ल्याउन सरकारसँग माग गर्दछ ।
सशस्त्रद्वन्द्वयता तत्कालीन विद्रोही र राज्य पक्षबाट ३६ जना पत्रकारको हत्या भएको छ भने ४ जना पत्रकार बेपत्ताको अवस्थामा छन् । पत्रकारको हत्यामा संलग्नहरुलाई अहिले पनि कानुनअनुसार सजाय हुन नसक्दा पीडित परिवार र नेपाली सञ्चारक्षेत्रले न्यायको अनुभुति गर्न सकेको छैन् । पत्रकार हत्यामा संलग्न दोषीहरुलाई कानुनी दायरामा ल्याउन, बेपत्ता पत्रकारको अवस्था सार्वजनिक गर्ने र परिवारलाई न्याय दिलाउने कार्यमा महासंघ निरन्तर दबाब अभियानमा छ । यसर्थ, महासंघ पत्रकार हत्या र बेपत्ता बनाउने कार्यमा संलग्न दोषीहरुमाथि यथाशीघ्र कानुनी कारबाही गरी पीडित परिवार र नेपाली सञ्चार क्षेत्रलाई न्यायको अनुभूति दिलाउन सरकारसँग जोडदार माग गर्दछ ।
रमेश विष्ट
महासचिव
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download