Press Statement
नेपाल ःप्रेस स्वतन्त्रतामाथि आघात पुग्ने घटनाको भर्त्सना
05 Jun, 2020नेपाल पत्रकार महासंघ सुर्खेत शाखाका कोषाध्यक्ष टेकेन्द्र विश्वकर्मा र दैलेख शाखाका सदस्य खगेन्द्र सुनारलाई समाचार संकलनका लागि जाने क्रममा प्रहरीले बाटैमा रोकेर फिर्ता गराइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
जेठ २२ गते रुकुम घटनाको सम्बन्धमा दलित पत्रकार संघका पदाधिकारी सम्मिलित टोलीसँगै समाचार संकलनको लागि जाजरकोट जाने क्रममा प्रहरीले पत्रकारद्वयलाई सूचना विभागले जारी गरेको प्रेस पास देखाउँदा देखाउँदै माथिको आदेश भन्दै सल्यानको बालुवासंग्राहीबाट फर्काएको थियो ।
स्वतन्त्ररुपमा काम गर्ने पत्रकारलाई बाटैबाट फर्काएर पेशागत कर्म निर्वाहमा रोक लगाएको यो घटना प्रेस स्वतन्त्रताविरोधी काम हो । महासंघ प्रेस स्वतन्त्रतामाथि आघात पुग्ने प्रहरीको यो हर्कतको कडा शब्दमा भर्त्सना गर्दछ । प्रेस स्वतन्त्रताको सम्मान गरी यस्ता कार्य नदोहो¥याउन र पत्रकारलाई सुरक्षित र निर्वाध रुपमा काम गर्ने वातावरण मिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download