Press Statement
नेपाल ःराष्ट्रिय समाचार समितिका सम्वाददाता राजाराम कार्कीमाथि साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले कुटपिट गरेको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
07 Sep, 2020नेपाल पत्रकार महासंघ काभ्रे शाखाका सदस्य एवं राष्ट्रिय समाचार समितिका वरिष्ठ सम्वाददाता राजाराम कार्कीमाथि भक्तपुरको सूर्यविनायक नगरापालिका–१०घर भई साँगास्थित नेपाल प्रहरीको स्कूलमा शिक्षकको रुपमा कार्यरत उद्धव कार्कीले कुटपिटगरी घाइते बनाएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ काभ्रे शाखाका अनुसार आज विहान ९:३० बजे बनेपा नगरपालिका–८बसपार्क नजिकैको हार्डवेयर पसलमा घरायसी सामान खरिद गर्ने क्रममा निज उद्धव कार्कीले पुरोना हिसाव किताव गर्नु छ भन्दै पत्रकार कार्कीमाथि सोही पसलमा रहेका सामग्रीले एक्कासि टाउको र शरीरका विभिन्न भागमा प्रहार गरी घाइते बनाएका थिए ।
कुनै पनि बहानामा पत्रकारमाथि यस किसिमले आक्रमण हुनु आफैंमा निन्दनीयर प्रेसविरोधी काम हो । महासंघ पत्रकारलाई त्रसित बनाउने अपराधिक कार्यमा संलग्न कार्कीमाथि कानुनी कारबाही गरी पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन र निर्वाध रुपमा काम गर्नेवातावरण मिलाउन महासंघ सम्बन्धित निकायसँग माग गर्दछ ।
साथै, महासंघ घाइते पत्रकार राजाराम कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here