Press Statement
नेपाल ः जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहद्वारा विज्ञप्ति जारी गरी धम्क्याएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
15 Jun, 2020काठमाडौंबाट प्रकाशित हुने जनआस्था साप्ताहिकको अनलाईन संस्करण ‘जनआस्था डटकम’ मा प्रकाशित समाचारको विषयलाई लिएर नेकपा विप्लव समुहका प्रकाण्डद्वारा विज्ञप्ति जारी गरेर उक्त अनलाईनलाई धम्क्याएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । जेठ २६ गते बेलुकी८:०० बजे उक्त अनलाईनमा प्रकाशित ‘विप्लवका रणनीतिका बेलिविस्तार’ शीर्षक समाचारलाई लिएर प्रकाण्डद्वारा अनलाईनविरुद्ध धम्कीपूर्ण विज्ञप्ति जारी गरिएको महासंघमा जानकारी प्राप्त भएको छ । प्रकाशित/प्रसारित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर सम्बन्धित सञ्चार माध्यममार्फत खण्डन गर्ने, कानुनी उपचार खोज्ने वा प्रेस काउन्सिलमा उजुरी दिनुको साटो विज्ञप्ति निकाली धम्की दिनु प्रेस स्वतन्त्रताविरुद्ध हुने महासंघको ठहर छ । महासंघ प्रेस स्वतन्त्रताको सम्मान गर्न र यस्ता कार्य नदोहो¥याउन सम्बन्धित पक्षसँग आग्रह गर्दछ ।
रमेश विष्ट
महासचिव
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download