Press Statement
नेपाल ः नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
16 Apr, 2020नेपाल पत्रकार महासंघका सदस्य तथा नागरिक दैनिकका पत्रकार दिलिप पौडेललाई प्रकाशित समाचारको विषयलाई लिएर कीर्तिपुर निवासी महेशराज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जाल र फोनबाट धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । वैशाख २ गते नागरिक दैनिकमा प्रकाशित ‘कोरोनाको बहान बनाएर ९ महिनाको गर्भवती डेरा निकाला’ शीर्षक समाचारलाई लिएर निज महर्जनसहितका व्यक्तिले सामाजिक सञ्जालमार्फत अनेक किसिमका गालीगलौजको शब्द प्रयोग गर्ने तथा फोनबाट धम्क्याएको पीडित पत्रकार पौडेलले महासंघमा जानकारी गराउनु भएको हो । प्रकाशित समाचारप्रति चित्त नबुझे त्यसको कानुनी उपचार खोज्ने विकल्प हुँदाहुँदै यस किसिमले पत्रकारलाई धम्क्याउनु प्रेस स्वतन्त्रताविरुद्ध हुनुका साथै व्यक्तिको सामाजिक प्रतिष्ठामा समेत आघात पुग्ने महासंघको ठम्याई छ । महासंघ घटनामा संलग्न महर्जनसहितका व्यक्तिको तत्काल पहिचान गरी कानुनी दायरामा ल्याउन र पत्रकारको सुरक्षामा ध्यान दिन स्थानीय प्रशासनसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download