Press Statement
नेपाल ः पत्रकार दुर्व्यवहारकाे विराेध
31 Jul, 2020समाचार संकलनका क्रममा अनलाइन खवर डटकमका सहसम्पादक विश्वासकुमार खड्काथोकीमाथि भएको दुव्र्यवहारको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
कोभिड १९ को विषयमा सरकारले जनताको स्वास्थ्यमाथि खेलबाट गरेको विरोधमा काठमाडौंको बसन्तपुरमा अनसनरतहरुको सन्दर्भमा साउन १३ गते समाचार संकलन गर्ने क्रममा ‘इनफ इज इनफ’ आन्दोलनका एक अभियन्ताले पत्रकार खड्काथोकीमाथि दुव्र्यवहार गरेका थिए ।
स्वतन्त्ररुपमा पेशागत धर्म निर्वाह गर्ने पत्रकारमाथि कुनै पनि पक्षबाट दुव्र्यवहार हुनु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ प्रेसको संवैधानिक अधिकारको सम्मान गर्न, पत्रकारलाई स्वतन्त्र र निर्वाध काम गर्ने वातावरण बनाउन तथा यस्ता घटना नदोहो¥याउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रमेश विष्ट
महासचिव
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here