Press Statement
नेपाल ः पत्रकार नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
06 Jan, 2021नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सचिव तथा टिभी टुडे टेलिभिजनका कार्यक्रम सञ्चालक मोहन पन्त, महासंघका केन्द्रीय पार्षद तथा सञ्चार खबर डटकम अनलाइनका सम्पादक मानध्वज लामा र आजको नयाँ संश्लेषण मासिकका कार्यकारी सम्पादक शेरबहादुर विश्वकर्मालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) को टोलीले नियन्त्रणमा लिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
पुस २० गते नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले पत्रकारहरु पन्त र लामालाई दिनभरी नियन्त्रणमा लिएर साँझ छोडेको छ भने विश्वकर्मा अहिले पनि हिरासतमा हुनुहुन्छ । महासंघ विश्वकर्माको रिहाइको माग गर्दछ । राज्यको जिम्मेवार निकायबाट नै पत्रकारलाई नियन्त्रणमा लिएर मानसिक पीडा दिने, पेशाप्रति हतोत्साही गर्ने कार्यको महासंघ घोर भत्सना गर्दछ । साथै, महासंघ यस घटनाको सत्यतथ्य छानविनगरी दोषिमाथि कडा कारबाहीको माग गर्दै पत्रकार तथा प्रेस स्वन्त्रतामाथिको हस्तक्षेप बन्द गर्न र स्वतन्त्र पत्रकारिताको वातावरण सृजना गर्न सरकारसंग माग गर्दछ ।
रमेश विष्ट
महासचिव
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, June 2022 06/15/2022 Download
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download