Press Statement
नेपाल ः प्रेस विज्ञप्ति
16 Jun, 2020नेपाल प्रेस युनियनका सदस्य तथा न्युज २४ टेलिभिजनका रोल्पा संवाददाता नन्दराम खड्कालाई समाचार प्रकाशनको विषयलाई लिएर रुन्टीगढी गाउँपालिका ९ का वडा अध्यक्ष नेपबहादुर थापाले धम्की दिएको तथा सामाजिक संजालमा जथाभावी लेख्ने कार्य गरेकाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ।
वडाध्यक्ष थापाले राहतको विषयलाई लिएर स्थानीय गुरुप्रसाद थापा लगायतलाई कुटपिट गरेको समाचार गत जेठ २९ गते विभिन्न सञ्चार माध्यममा आएकोमा पत्रकार खड्कालाई नै लक्षित गरि धम्की दिने तथा व्यक्तिगत जीवनमा आक्षेप लगाई सामाजिक सञ्जालमा जथाभावी लेख्ने कार्य जनप्रतिनिधीजस्तो व्यक्तिको लागि सुहाउने विषय हैन।
संविधानले नै पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेन्टी गरे पनि जनप्रतिनिधीहरुको यस्ता गतिविधीले व्यवहारमा पूर्ण प्रेस स्वतन्त्रता कार्यान्वयनमा चुनौती देखिदै आएको छ। नेपाल प्रेस युनियन प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको व्यवहारमा कार्यान्वयनको लागि संचारमाध्यम र संचारकर्मीलाई भयरहित वातावरणमा समाचार संकलन र संप्रेषणको व्यववस्था मिलाउन स्थानिय प्रसासनसँग आग्रह गर्दै आरोपित व्यक्तिहरुका बारेमा अनुसन्धान गरि कार्वाही गर्न माग गर्दछ।
अजयबाबु शिवाकोटी
महासचिव
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here