Press Statement
नेपाल ः प्रेस विज्ञप्ति
08 Jun, 2020विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमणको कारण आम जनजीवन प्रभावित बनेको छ । यो महामारीमा मानव जीवनको रक्षाका लागि स्वास्थ्यकर्मी, सफाइकर्मी, सुरक्षाकर्मीकर्मीलगायतसँगै सञ्चारकर्मी पनि अग्रभागमा जिम्मेवारीका साथ खटिइरहेका छन । कोरोना कहरमा गाँस, बासकै जोहो गर्न नसकेका मजदुर र अन्य अप्ठ्यारोमा परेका नागरिकको पक्षमा कलम चलाउने र दृश्य पस्कने श्रमजीवी सञ्चारकर्मी आज आफै सोही नियतिको संघारमा पुगेकोप्रति हामी निकै मर्माहित भएका छौँ ।
लकडाउनको सुरुवाती अवस्थाबाटै बजारमा धेरै छापामाध्यम र अनलाइनहरु देखिन छोेडेको दृश्य, कैयौँ एफएम र टेलिभिजन सुनिन बन्द भएको अवस्थाले पनि त्यसमा आवद्ध सञ्चारकर्मी तथा कामदार कर्मचारीको अवस्था के भयो होला भन्ने सहजै अनुमान गर्न सकिन्छ । स्थापित र ठूला कहलिएका सञ्चार प्रतिष्ठानले समेत आर्थिक अभाव देखाउँदै सञ्चारकर्मी, कर्मचारी कामदारलाई समयमा न्यूनतम पारिश्रमिक नदिने, बेतलबी बिदा बस्न दबाब दिने, जागिरबाटै हटाउने गरेको अवस्थाप्रति नेपाल प्रेस युनियन सम्बद्ध पक्षको गम्भिर रुपले ध्यानाआकृष्ट गराउँदछ । कोरोनाको यस संकटमा आफ्नो र परिवारको जीवन नै जोखिममा राखेर अग्रभागमा कार्यरत श्रमजीवी पत्रकारहरु यति ठूलो समस्यामा पर्दा समेत राज्य पक्ष संवेदनशिल नदेखिएकोमा हामी दुःख व्यक्त गर्दछौ ।
नेपाली प्रेसले हरेक अन्याय, अत्याचार, असहज अवस्था, निरंकुश पद्धतिका विरुद्ध र लोकतन्त्रको पक्षमा अग्रमोर्चामा लडेको इतिहास भएपनि लोकतान्त्रिक गणतन्त्र नेपालको झण्डै दुईतिहाइ बहुमतको सरकार भने यो जटिल र जर्जर अवस्थाप्रति बेखबर र बेपर्वाह बन्नु लज्जाजनक छ । नेपाली सञ्चार क्षेत्रको यस संवेदनशिलताप्रति प्रेस युनियन अन्तर्राष्ट्रिय पत्रकार महासंघ (आइएफजे) को पनि ध्यानाकर्षण गराउन चाहन्छ । अन्तमा सञ्चारकर्मी आफ्नो पेशाबाटै पलायन हुने र सञ्चार क्षेत्रप्रति नै वितृष्णा जगाउने अवस्था आउन नदिन समय मै सबै पक्षलाई सचेत हुन आग्रह गर्दै कोरोनाको यो संकटमा श्रमजीवी पत्रकार र सञ्चार क्षेत्रका लागि विशेष राहत प्याकेज अविलम्ब घोषणा गर्न सरकारसँग सशक्त माग गर्दछौँ ।
बद्री सिग्देल
(अध्यक्ष)
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here