Press Statement
नेपाल ः प्रेस विज्ञप्ती
16 Apr, 2020‘कोरोनाको बहाना बनाएर ९ महिनाकी गर्भवती डेरा निकाला’ शिर्षकमा नागरिक दैनिकमा बैशाख २ गते मंगलवार प्रकाशित समाचारको बिषयलाई लिएर पत्रकार पत्रकार दिलिप पौडेललाई सार्वजनिक रुपमा आक्रमणको खुल्ला चेतावनी दिएको विषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। कोरोना भाइरस (कोभिड १९) को बहाना बनाएर कीर्तिपुर १० का स्थायी बासिन्दा घरधनी गणेशमान महर्जनले नौ महिनाकी गर्भवती देवी शर्मालाई आइतबार साँझ डेराबाट निकालेको बिषयमा विभिन्न सरोकारवाला पक्षको भनाइसहित समाचार लेखेका पत्रकार पौडेललाई समाचार सार्वजनिक भएपछि विभिन्न माध्यमबाट धम्क्याइएकाप्रति युनियनको गम्भिर ध्यानाकर्षण भएको हो।
कोरोना संक्रमणसँग देश नै एकजुट भएर लडिरहेको संवेदनशिल समयमा देशका सबै तह र तप्काबाट नागरिक धर्म निर्वाह गर्नुपर्छ भन्ने हाम्रो मत छ। किर्तिपुरमा भएको सो घटनाको विषयमा समाचार प्रकाशित भएपछि त्यसलाई संगठित स्वरुपमा जातीय दृष्टिबाट मात्र टिप्पणी गरि ‘कार्वाही’ सम्मको धम्की दिइ सार्वजनिक रुपमा पत्रकार पौडेललाई दोषी करार गरि सामुहिक रुपमा दबाब बढाउने कार्य दुखद हो।
समाचारमा चित्त नबुझे त्यसको उपचार खोज्ने विधी र प्रक्रिया हुँदाहुँदै त्यसलाई नजरअन्दाज गरि ‘कार्वाही’ सम्मको धम्की दिने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध रहेको हाम्रो ठहर छ। नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य समेत रहेका पौडेल एकपछि अर्को धम्कीपूर्ण फोन, एसएमएस र सामाजिक संजालमा धम्कीपूर्ण गालीका कारण तनावमा रहेको अवस्थामा हामीलाई उनको व्यक्तिगत सुरक्षाको समेत चिन्ता लागेको छ। किर्तिपुरको सो घटनालाई थप बढ्न नदिन र पत्रकार पौडेललाई सुरक्षाको प्रत्याभुति दिलाई भयरहित वातावरणमा पत्रकारीता गर्ने वातावरण सिर्जना गरिदिन युनियन सुरक्षा निकाय र स्थानिय प्रसासनसँग माग गर्दछ। संकटको वर्तमान अवस्थामा मानविय भावनाबाट प्रस्तुत भई भयको वातावरण सिर्जना नगर्न सम्वन्धित सरोकारवालाहरुसँग युनियन आग्रह गर्दछ। धन्यवाद ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here