Press Statement
नेपाल ः प्रेस विज्ञप्ती
28 Apr, 2020सरकार नियन्त्रित रेडियो नेपाललाई जनता समाजवादी पार्टीका नेता तथा पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईसँग सोमबार बिहान साँढे ६ बजे लाइभ प्रशारण भएको अन्तरसंवाद कार्यक्रम रेकर्डबाट हटाउन लगाई रेडियो नेपालका कार्यकारी निर्देशकलाई क्षमा माग्न लगाउँदा समेत चित्त नबुझाएको संचार मन्त्रालयले मन्त्रिस्तरिय निर्णयबाट कार्यकारी निर्देशक शुरेस कुमार कार्की र समाचार प्रमुख डा नवराज लम्साललाई ३ दिन भित्र बुझाउने गरि लिखित स्पष्टीकरण सोधेको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ। देश नै लकडाउनमा रहेका बेला एक महिनादेखि चौबीसै घण्टा रेडियो नेपालमै बसी सूचना, समाचार र मनोरञ्जन प्रदान गर्नका लागि विहान ६ बजेदेखि राती ११ बजेसम्म निरन्तर खटिरहेका पत्रकार तथा कर्मचारीहरुलाई प्रोत्साहित गर्नुपर्नेमा मन्त्रीस्तरीय निर्णय गरि स्पष्टीकरण सोधेर हुर्मत लिइ डरको साम्राज्य खडा गर्न खोजेकोमा हाम्रो गम्भीर आपत्ती रहेको छ। कार्यक्रमका अथितिले प्रत्यक्ष प्रसारणमा बोलेको कुरालाई लिएर पत्रकारसँग स्पष्टीरण सोध्ने कार्यले रेडियो नेपालका कार्यक्रमहरुमा अथिति टुंगो लगाउने कार्य पनि संचार मन्त्रालयले गर्ने हो वा त्यो भन्दा माथी प्रधानमन्त्री कार्यालय कहाँबाट हुने हो प्रश्न खडा भएको छ। संचार मन्त्रालयले स्पष्टीकरण काट्दा पनि रेडियोको नेतृत्वलाई सोधी त्यहाँबाट मातहतका व्यक्तिलाई सोध्ने परम्परा विपरित मन्त्रालयले सिधै समाचार प्रमुखलाई पत्र काटेर पूर्वाग्रह राखेको पनि देखिएको यो प्रकरणमा आफ्नो कमजोरी सच्याउँदै तत्काल स्पष्टीकरण फिर्ता लिई रेडियो नेपाललाई स्वतन्त्र र स्वायत्त ढंगले चल्ने वातावरण बनाउन युनियन माग गर्दछ। जनताको करबाट संचालन हुँदै आएको रेडियो नेपाललाई सरकारमा रहेकाहरुको मात्र भजन गाउने संस्थाको रुपमा बुझ्ने भ्रमबाट मुक्त हुन पनि नेकपा नेतृत्वको सरकारलाई युनिनय सचेत गराउँछ।
यसैगरि चितवनमा कार्यरत क्रियाशील पत्रकारहरु विनोदबाबु रिजाल र अर्जुन अधिकारीलाई आफ्नो परिचयपत्र सहित समाचार संकलनमा रहेको अवस्थामा सुरक्षाकर्मीबाट सोमबार भएको धरपकड र गिरफ्तारी बारेमा पनि हाम्रो ध्यानाकर्षण भएको छ। कोरोनाको त्रासका बीच जीवनको पर्वाह नगरि नागरिकको सुसूचित हुनपाउने संविधानप्रदत्त अधिकारको लागि खटिरहेका पत्रकारहरुलाई गिरफ्तार गर्ने कार्यको युनियन कडा शब्दमा निन्दा गर्दछ। आगामी दिनमा यस्ता कमजोरी नगर्न युनियन सरोकारवाला सबैलाई खवरदारी गर्दछ।
यसैगरि दैलेखमा नागरिक दैनिकका पत्रकार गोविन्द केसीलाई समाचार लेखेकै आधारमा धम्की दिने नारायण नगरपालिकाप्रति युनियन आपत्ती जनाउँछ। समाचारमा चित्त नबुझे उपचारका लागि विधीहरु हुँदाहुँदै धम्क्याउने कार्यको युनियन विरोध गर्दै तत्काल आफ्नो भूल सुधारका लागि युनियन सम्वन्धित सबैलाई सचेत गराउँछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download