Attacks on Media
नेपाल ः प्रेस विज्ञप्ती
17 May, 2020नेपाल प्रेस युनियन संखुवासभाका पूर्व अध्यक्ष तथा महाधिवेशन प्रतिनिधी श्यामप्रसाद निरौलामाथि ज्यान मार्ने उद्धेश्यले सांघातिक आक्रमण भएको घटनाले नेपाल प्रेस युनियन मर्माहत हुनुका साथै आक्रोशित भएको छ।
नेपाल पत्रकार महासंघ संखुवासभाका अध्यक्ष समेत रहेका निरौलामाथि जेठ २ गते शुक्रवार साँझ साँझ साँढे सात बजेतिर खाँदवारी नगरपालिका वडा नम्वर ५ माल्टामा खुकुरी प्रहार गरि ज्यान मार्ने प्रयास भएको थियो।
खाँदवारी नगरपालिका वडा नम्वर ५ का वहालवाला कार्यवाहक वडाध्यक्ष समेत रहेका निरौलामाथि भएको यो आक्रमण मौलाउँदो दण्डहिनताको अर्को उदाहरण हो
नेपाल प्रेस युनियन आक्रमण परि गम्भीर घाइते हुनुभएका पत्रकार तथा जनप्रतिनिधी निरौलाको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ। साथै आक्रमण संलग्न र यसका योजनाकारहरुको खोजी तथा पहिचान गरि तत्काल कानुनी दायरामा ल्याई कानुनी राज्यको प्रत्याभुत गराउन युनियन जोडदार माग गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here