Press Statement
नेपाल ः प्रेस विज्ञप्ती
07 Sep, 2020राष्ट्रिय समाचार समितिका वरिष्ठ समाचारदाता समेत रहनुभएका नेपाल प्रेस युनियनका केन्द्रीय सदस्य राजाराम कार्कीमाथि भएको सांघातिक आक्रमणप्रति नेपाल प्रेस युनियन केन्द्रीय समितिको गम्भिर ध्यानाकर्षण भएको छ ।
कार्कीलाई सूर्यविनायक नगरपालिका वडा नं १० भक्तपुर निवासी नेपाल प्रहरी स्कुल साँगामा कार्यरत उद्धव कार्कीले आक्रमण गरेका थिए । आइतवार विहान ९ बजेको समयमा बनेपा नगरपालिका अगाडी बसपार्क छेउमा रहेको चामुण्डा हार्डवयरमा घरायसी प्रयोजनका लागि सामग्री किनिरहेको अवस्थामा एक्कासी पछाडीबाट लछारपछार गरी हेलमेटले प्रहार गर्दा कार्कीको टाउकोमा चोट लागेको छ । आक्रमणबाट बचाउन सोहि स्थानमा रहेका व्यक्तिहरुले प्रयास गर्दा पनि निरन्तर आक्रमण गरी घाईते बनाइएको सो घटनाको युनियन घोर भत्सर्ना गर्दछ । आक्रमणमा प्रहरी विद्यालयमा कार्यरत उद्धव कार्की प्रत्यक्ष संलग्न हुनुले घटना प्रहरी बलको आडमा भएको देखिएको छ ।
नेपाल प्रेस युनियन सांघातिक आक्रमण गर्ने उद्धव कार्कीलाई नियन्त्रणमा लिई कडा भन्दा कडा कार्बाहीको लागि स्थानिय प्रशासनसँग माग गर्दै स्थानिय अस्पतालमा उपचार गराईरहेका केन्द्रीय सदस्य राजाराम कार्कीको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here