Press Statement
नेपाल ः प्रेस विज्ञप्ती
24 Sep, 2020नेपाल प्रेस युनियनका पूर्व केन्द्रीय सदस्य तथा क्रियाशिल पत्रकार शिव देवकोटामाथि नुवाकोटको सदरमुकाम विदुरस्थित एक होटलमा गरिएको आक्रमण र कुटपिटप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ । नेपाल पत्रकार महासंघमा गैह्रपत्रकारहरुको सदस्यता खारेजीको पक्षमा आवाज उठाउँदै आएका देवकोटामाथि नेपाल पत्रकार महासंघ नुवाकोटका अध्यक्ष कपिलदेव खनाल, सचिव जगदिश खनाल, सदस्य सुजित भण्डारी लगायतका ब्यक्तिबाट भएको आक्रमणको युनियन कडा शब्दमा निन्दा गर्दछ । साथै सो घटनामा तादी गाउँपालिकाका अध्यक्ष नारायणप्रसाद पाण्डेको भूमिकाको पनि युनियन भत्सर्ना गर्दछ । नेपाल प्रेस युनियन पत्रकार देवकोटामाथि भएको आक्रमणको निष्पक्ष छानविन गरि दोषीउपर कानुनी कार्वाही गर्न तथा पत्रकारहरुलाई भय रहित वातावरणमा काम गर्ने वातावरण बनाउन पनि युनियन स्थानिय प्रसासनसहित सबै सरोकारवालाहरुसँग अपिल गर्दछ ।
अजयबाबु शिवाकोटी
महासचिव
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download