Press Statement
नेपाल ः प्रेस विज्ञप्ती
05 Oct, 2020प्रदेश नम्बर ५को प्रस्तावित स्थायी राजधानीको बिरोधमा बुटवलमा भैरहेको प्रदर्शनको समाचार संकलन गरि फर्किदै गर्दा दैनिक न्यूज पोस्ट डटकमकी प्रधान सम्पादक, रेडियो नमस्तेका स्टेसन म्यानेजर एबम रेडियो नेपालकी बुटवल प्रतिनिधि समेत रहेकी नेपाल प्रेस युनियन रुपन्देहीकी कार्यसमिति सदस्य कमला (अधिकारी) पाण्डेलाई प्रहरीले पक्राउ गरि हिरासतमा लिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ ।
समाचार संकलनमा गएकी पत्रकारलाई समाचार संकलन गरेर फर्कदै गरेको बताउँदा बताउँदै पक्राउ गरि हिरासतमा लिइएको कार्य निन्दनीय हो । युनियन सहित पत्रकारीतासँग जोडिएका संघ संस्था र मानवअधिकारवादी लगायतको दवाव पछि कमलाजीलाई हिरासतमुक्त गरिएपनि समाचार संकलनमा गएका पत्रकारलाई पक्राउ गरि हिरासतमा लिने कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र नागरिकको सूचना पाउने हकको बिरुद्धमा रहेको युनियनको ठहर छ ।
पत्रकार पक्राउको यो घटनामा आत्मालोचना गर्दै यसबाट पाठ सिकेर आगामी दिनमा यस्ता गल्ती नदोहोर्याई भयरहित वातावरणमा समाचार संकलन तथा सम्प्रेणको अवस्था सिर्जना गर्न नेपाल प्रेस युनियन स्थानिय प्रसासन सहित सबै सरोकारवालासँग माग गर्दछ।
अजयबाबु शिवाकोटी
महासचिव
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here