Press Statement
नेपाल ः मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मीमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण
29 Mar, 2020इटहरीबाट प्रसारण हुने ऐरिना टेलिभिजनको कार्यक्रमका लागि पछिल्लो समय विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) का सम्बन्धमा प्रत्यक्ष कुराकानी गर्न खोज्दा इटहरीका मेयर द्वारिकलाल चौधरीले टेलिभिजनमा कार्यरत सञ्चारकर्मी राजन कट्वालमाथि अपशब्द प्रयोग गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ
कोरोना भाइरस (कोभिड १९) को संक्रमणलाई मध्यनजर गर्दै मुलुक यतिखेर लकडाउनको अवस्थामा छ । यस्तो परिस्थितिमा सम्भावित जोखिमको ख्याल नगरी आफ्नो पेशागत कर्ममा जुटेका पत्रकारलाई सही र सहजढंगबाट सूचना उपलब्ध गराउने वातावरण बनाउनु पर्नेमा जिम्मेवार पदमा बसेका व्यक्तिबाट यस्तो कार्य हुनु आफैंमा निन्दनीय र दुःखद् विषय हो । महासंघ संविधानले सुनिश्चित गरेको पत्रकारको अधिकारको सम्मान गरी स्वतन्त्र, सुरक्षित र निर्वाधरुपमा काम गर्ने वातावण निर्माण गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download