Press Statement
नेपाल ः शोक विज्ञप्ती
13 Aug, 2020कान्तिपुर दैनिकका सहायक सम्पादक रहनुभएका नेपाल प्रेस युनियनका महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासङ्घका पूर्वसचिवसमेत रहनुभएका वरिष्ठ पत्रकार वलराम वानियाँको असामान्य मृत्युको खबरले नेपाल प्रेस युनियन अत्यन्तै मर्माहत भएको छ । दुई दिनदेखि सम्पर्कविहीन बानियाँको शव मकवानपुर, भीमफेदी गाउँपालिकाको सिस्नेरीस्थित माण्डु जलविद्युत् आयोजनाको फिल्टरको जालीमा अड्किएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । साउन २६ गते बल्खुस्थित वागमती खोलाबाट बेपत्ता भएको भनिएका वानियाँको मङगलबार बिहानै शव फेला परेपनि बुधवार मात्रै पहिचान भएको थियो । अनुहारमा गहिरो चोट लागेको अवस्थामा फेला परेका वानियाँको मृत्यु दुर्घटनाका कारण, आत्महत्याका कारण वा हत्या के कारणबाट भएको हो यकिन नभएको अवस्थामा अनेक शंका पैदा भएको छ । उनको मृत्यु उनले विगतमा लेखेका समाचारसँग जोडिएर भएको छ वा छैन भन्ने पनि प्रश्न उब्जेको छ । नेपाल प्रेस युनियन वानियाँको मृत्युसँग जोडिएका सबै पक्षको गहिरो अनुसन्धान गरि सत्यतथ्य वाहिर ल्याउन नेपाल प्रहरी सहित सम्वन्धित पक्षसँग जोडदार माग गर्दछ । यस दुखद घडीमा स्वर्गीय पत्रकार वानियाँप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोकमा रहनुभएका उहाँका श्रीमती, छोरा र छोरीप्रति नेपाल प्रेस युनियन हार्दिक समवेदना व्यक्त गर्दछ ।
अजयबाबु शिवाकोटी
महासचिव
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here