Press Statement
नेपाल ः सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत प्याकेजको घोषणा गर्न प्रेस युनियनको आग्रह
01 Apr, 2020विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले नेपाल पनि उच्च जोखिममा देखिएपछि नेपाल सरकारले कोरोना भाइरसको संक्रमण थप फैलिन नदिन यही चैत ११ गतेदेखि ‘लकडाउन’ लागु गरेको थियो र आइतबारको मन्त्रिपरिषद् बैठकले ‘लकडाउन’ चैत २५ गतेसम्म लम्ब्याउने निर्णय गरेको छ । कोरोना भाइरसको संक्रमण रोकथामका लागि ‘लकडाउन’ एकमात्र विकल्प भएकाले सबै राजनीतिक दल, निकाय र आमजनताले सबै प्रकारका दुःख र अभाव झेलेर पनि यसमा अभूतपूर्व साथ दिएका छन् । यस विषम परिस्थितिमा राज्यका अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवाहरु ठप्प छन् । वर्तमान कठिन परिस्थितिमा सबै समुदाय र राज्यका हरेक क्षेत्र प्रभावित पनि भएका छन् । त्यसमध्ये दैनिक ज्याला मजदुरी गरेर खाने वर्ग सबैभन्दा बढी पीडित भएको र उनीहरुलाई सरकारले राहतको विशेष प्याकेजको घोषणा गर्न लागेको भन्ने विषयप्रति प्रेस युनियन धन्यबाद ज्ञापन गर्न चाहन्छ ।
यसबाहेक आफ्नो जीवन जोखिममा राखेर आमजनतालाई सत्य, तथ्य र विश्वसनीय सूचना संकलन गरी प्रवाह गर्ने मुलुकका सञ्चारकर्मी र सञ्चार क्षेत्र पनि यतिखेर ठूलो मारमा परेका छन् । मोफसल र दुरदराजमा आमजनतालाई सूचना प्रवाह गरिरहेका पत्रपत्रिका, एफएम रेडियो र अनलाइनमात्र होइन ठूला सहरबजार र राजधानीका सञ्चारमाध्यम पनि अत्यावश्यक सामग्रीको अभाव र कठिनाई तथा कोरोना भाइरसको संक्रमणप्रति आफै सजग भएर अहिले केही छापामाध्यम बन्द अवस्थामा समेत रहेका छन् । यसले न्युनतम पारिश्रमिकका भरमा जीवन गुजारा गरिरहेका श्रमजीवी पत्रकारको चुलो नै बन्द हुने अवस्था एकातिर छ भने अर्कातिर त्यस्ता सञ्चारमाध्यमहरुलाई पनि आगामी दिनमा कसरी उकासिने भन्ने चिन्ता थपिएको छ । सुचारु रहेका सञ्चारमाध्यममा कार्यरत सञ्चारकर्मी पनि सुरक्षाका आवश्यक उपकरण र सामग्रीको अभावमा जीवनको जोखिम मोलेर सूचना संकलन र सम्प्रेषणमा तल्लिन छन् ।
यस्तो अवस्थामा तत्काल सञ्चारमाध्यम र सञ्चारकर्मीका लागि राहत पुर्याउने विशेष प्याकेजको घोषणा गर्न प्रेस युनियन सरकारको ध्यानाकर्षण गराउँदछ । यस संक्रमण अवधिका लागि श्रमजीवी पत्रकार र सञ्चारमाध्यमका लागि विशेष आर्थिक सहुलियतको योजना ल्याउन र उक्त राहत प्याकेजमा सञ्चारमाध्यमको नविकरण शुल्क र करमा छुटलगायत प्रक्रिया पनि समावेश गर्न सरकारलाई सुझाव दिन चाहन्छौ । साथै दैनिक फिल्ड र कार्यालयमा कार्यरत सञ्चारकर्मीका लागि पनि कोरोना भाइरसको संक्रमणबाट सुरक्षाका लागि आवश्यक स्वास्थ्य सामग्री तत्काल उपलब्ध गराउन र आकस्मिक उद्धारको व्यवस्था समेत गराईयोस् । अन्तमा सम्पूर्ण सञ्चारकर्मी र सञ्चारमाध्यमलाई आफू सुरक्षित रही महामारीको यस विषम परिस्थितिमा सत्य, तथ्य र आधिकारिक सूचनामा आधारित समाचार सामग्रीमात्र सम्प्रेषण गर्न समेत आग्रह गर्दछौ ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download