Press Statement
नेपाल ः समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले धम्की दिएको घटनाप्रति महासंघको गम्भीर ध्यानाकर्षण
15 Jun, 2020समाचारको विषयलाईलिएर ‘काठमाडौं प्रेस डटकम’ का प्रवन्ध सम्पादक गोविन्द परियारलाई सुमेग ट्राभस एसेन्सीका सञ्चालक मेघ केसीले अपशब्द प्रयोग गर्दै धम्की दिएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
प्रवन्ध सम्पादक परियारका अनुसार काठमाडौं प्रेसले जेठ २५, २६ र ३० गते चार्टर्ड उडानमा महँगो भाडाअसुलेका विषयमा विभिन्न शीर्षकमा समाचार गरेपछि सोही निहुँमा आफूलाई आइतबार विहान ११:५ बजे ९८५१०८२५१२ नम्बरको मोवाइलबाट फोन गरी निज के.सी.ले ‘समाचार के आधारमा लेखियो,प्रमाण के छ’ भन्दै अपशब्द प्रयोग गर्दै सिध्याइदिन्छु भनेर धम्क्याएका थिए ।
प्रकाशित समाचारको विषयमा चित्त नबुझे या गुनासो रहे त्यसउपर कानुनी उपचार खोज्ने वैधानिक विधि र स्थापितपद्धति छ । त्यसलाई बेवास्ता गर्दै पत्रकारलाई ठाडो चुनौती दिँदै अपशब्द प्रयोग गर्दे सिध्याइदिन्छु भनेर धम्की दिनु प्रेस स्वतन्त्रता विरोधी कार्य हो । महासंघ पत्रकार परियारलाई दिएको धम्की घटनाको कडा शब्दमा भर्त्सना गर्दै धम्की दिने व्यक्तिलाई तत्काल कानुनी दायरामा ल्याउन र पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन सम्बन्धित निकायसँग माग गर्दछ ।
रमेश विष्ट
महासचिव
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here