Press Statement
नेपाल पत्रकार महासंघकाे सचिवालय बैठककाे निर्णय
07 Aug, 2017इमेज च्यानल टेलिभिजनका बरिष्ठ उपसम्पादक तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य एबं प्रतिष्ठान संयोजक सुरज आचार्यका सम्बन्धमा २०७४ असार २८ गते ‘डिसीनेपाल डटकम’ मा प्रकाशित समाचारको विषयमा अध्ययन गर्न महासंघ सचिवालयको मिति २०७४ असार ३० गतेको बैठकबाट महासचिव उजिर मगरको संयोजकत्वमा गठित समितिले गरेको अध्ययनको प्रतिवेदन महासंघ सचिवालयको मिति २०७४ साउन २२ गतेको बैठकमा प्रस्तुत भयो । बैठकले प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गर्यो ।
अध्ययनको सारांश तथा निश्कर्ष
१. टेकनारायण भट्टराई र दामोदर नेपालको संयुक्त बाइलाईनमा प्रकाशित उक्त समाचारमा पत्रकार आचार्यले चाबहिल भत्केको पुलस्थित मोटर ग्यारेजका सञ्चालक गुणबहादुर दर्लामीसँग आर्थिक लेनदेनको विषयमा कुरा गरेको गोप्यरुपमा खिचिएको भनिएको भिडियो लिंक पनि समावेश गरिएको । भिडियोमा सुरज आचार्यको पुरा अनुहार र मुख चलेको नदेखिए पनि शरीरको आधाभाग देखिएको र अडियो सुनिने अवस्थामा रहेको पाइएको ।
२. अध्ययन टोली समक्ष डिसी नेपाल डटकममा समाचारसँग आएको अडियो भिजुयल र समाचारका सबै विषयमा ग्यारेज सञ्चालक दर्लामीले निज सुरज आचार्यले समाचारको विषयमा कुरा गरेको र लेनदेनको कुरा पनि भएको तर लेनदेनको कार्य भने नभएको बताएको । सुरज आचार्यले केही आन्तरिक समस्यामा परेर ग्यारेजमा गई भेटघाट र कुराकानी गरेको, केही दवावको स्थिति र केही परिस्थितिजन्य कारण पनि रहेको तर समाचारमा आएजस्तो समाचारको बार्गेनिङ भने नगरेको बताएको ।
३. ग्यारेजसम्बन्धी कुनै समाचार बनेको छ भनी सम्बन्धित सञ्चार संस्थामा बुझ्दा त्यस्तो समाचार बनेको वा कसैलाई असाइन गरेको वा एडिटोरियल मिटिङमा कहिल्यै छलफलको विषय बनेको नदेखिएकोले सुरज आचार्यबाहेक इमेज च्यानलमा यस विषयमा कसैलाई पनि कुनै जानकारी भएको वा संलग्नताको अवस्था नरहेको ।
४. डिसीनेपाल डटकमले स्टिङ अपरेशन गरेपछि २२ दिनसम्म भिडियो वा समाचार प्रकाशन प्रसारण नगरी राखेको पाइएको । यो अवधिको बीचमा डिसीनेपालको तर्फबाट सुरज आचार्यसँग कुनै प्रतिक्रिया लिएको वा लिने प्रयास भएको वा कुनै लेनदेन भएको वा थप खोज अनुसन्धान भएको स्थिति पनि नदेखिदा २२ दिनसम्मको यो पर्खाइको उचित कारण पनि खुल्न नसकेको ।
५. समाचार आए लगत्तै सुरज आचार्य स्यवंले आफू आबद्ध मिडिया र महासंघको जिम्मेवारीबाट हटेको घोषणा गरेर घटनाको छानवीनमा सहयोग गरेको । आचार्य निकट व्यक्ति, इमेज च्यानलका प्रमुख र सहकर्मीको भनाइ एबं जानेबुझेसम्म निजको विगत हेर्दा कुनै गैरकानुनी वा गैर व्यावसायिक कार्यमा संलग्न भएको अवस्था नरहेको ।
६. सुरज आचार्यको सम्बन्धमा यस प्रकरण अघि र त्यसपछिका सबै घटनाक्रम, सम्बद्ध पक्षका भनाइ, प्राप्त आधार–प्रमाण र तथ्यहरूको अध्ययन विश्लेषण गर्दा परिस्थितिजन्य कारणहरूको अनुमान गर्न सकिने अवस्था भए पनि घटना स्वयंमा भने निजको पेशागत कमजोरी देखिन्छ । समग्र प्रकरणमा कुनै आर्थिक लेनदेन भएको त देखिन्न तर पनि यसले पत्रकारिता क्षेत्रको विश्वसनीयता र पत्रकारको आचरण तथा महासंघको पदीय मर्यादाका सन्दर्भमा सार्वजनिकरूपमा गम्भीर प्रश्न उठेकोले यस प्रकरणमा निज सुरज आचार्यले आफ्नो कमी कमजोरीलाई सार्वजनिकरूपमै स्वीकार गर्न र भावी दिनमा कमी कमजोरी नहुने प्रतिबद्धता व्यक्त गर्न आवश्यक देखिन्छ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here