Press Statement
नेपाल पत्रकार महासंघका आठौं बैठकका निर्णयहरू
30 Apr, 2016नेपाल पत्रकार महासंघको २०७३ वैशाख १७ गते बसेको आठौं केन्द्रीय समितिको पूर्ण बैठकले २१ गते चितवनमा हुने केन्द्रीय साधारणसभाको अन्तिम तयारीसँगै त्यहाँ प्रस्तुत गरिने सांगठनिक, आर्थिक प्रतिवेदन र संशोधनसहितको प्रस्तावित विधानलाई अन्तिम रुप दिएको छ । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षताम बसेको बैठकले महासंघद्वारा वितरण गर्ने पुरस्कार र केही पुरस्कार स्थापनासहित प्रेस स्वतन्त्रता सेनानीको चयनसहितको महत्वपूर्ण निर्णयहरु गरेको छ ।
बैठकका निर्णयहरु देहायबमोजिम छन्ः–
१. २०७३ वैशाख २१ गते चितवनमा हुने केन्द्रीय साधारणसभाको अन्तिम तयारीमा पुगेको रिर्पोटिङ्गसँगै त्यहाँ प्रस्तुत गरिने महासचिव उजिर मगरद्वारा प्रस्तुत हुने दुई वर्षे कार्यकालको कार्यप्रगति, साङ्गठनिक अवस्था र भावी कार्यक्रमसम्बन्धी प्रतिवेदन र कोषाध्यक्ष सूर्यमणि गौतमद्वारा प्रस्तुत गरिने दुई वर्षे कार्यकालको आर्थिक आय÷व्यय सहितको आर्थिक प्रतिवेदनलाई बैठकले अन्तिम रुप दिएको छ । त्यसैगरी बैठकले महासंघको संगठनात्मक पुनर्संरचनाका लागि संशोधनसहितको विधानलाई अन्तिम रुप दिएको छ ।
२. नेपाल पत्रकार महासंघले स्थापना गरेको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ वरिष्ठ कार्टुनिष्ट श्री दुर्गा बराल (वात्स्यायन) (पोखरा) लाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ । त्यस्तै महासंघका पूर्व सभापति गोविन्द वियोगी र वरिष्ठ पत्रकार तथा साहित्यकार कृष्ण सेन ‘ईच्छुक’ राष्ट्रिय पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय बैठकले गरेको छ । रु. १ लाख राशिको ‘कृष्णप्रसाद भट्टराई राष्ट्रिय पत्रकारिता पुरस्कार’ श्री दुर्गा बराल (वात्सायन)लाई मे ३ अर्थात २०७३ वैशाख २१ गते केन्द्रीय साधारणसभा चितवनमा प्रदान गरिने छ । वियोगी र ईच्छुकको नाममा स्थापित राष्ट्रिय पत्रकारिता पुरस्कार त्यस सम्बन्धी कार्यविधि तयार गरी छिट्टै प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
३. पूर्व केन्द्रीय सदस्य स्व. गौरी कठायतको स्मृतिमा स्थापित रु. १५ हजार राशिको ‘गौरी कठायत स्मृति पत्रकारिता पुरस्कार’ श्री तुलाराम पाण्डे (कालिकोट) र रु. १० हजार राशिको ‘उमा सिंह राष्ट्रिय पत्रकारिता पुरस्कार’ श्री गणेश चौधरी (कैलाली)लाई प्रदान गर्ने निर्णय बैठकले गरेको छ ।
४. यस वर्ष प्रेस स्वतन्त्रता सेनानीबाट सम्मानित हुनेहरुमा श्री शिवबहादुर कार्की (मोरङ्ग), श्री याम प्रधान (सुनसरी), श्री दिनेश देव (सिराह), श्री धन लामा (काठमाडौं), श्री चक्रपाणि नेपाल (काठमाडौं), श्री चेतबहादुर सिं (काठमाडौं), श्री लालकुमार भट्टराई (नवलपरासी), श्री बद्रीविनोद प्रतिक (कास्की), श्री नारायण भट्टराई (कास्की), श्री झपेन्द्र वैद्य (प्यूठान) र श्री चिरञ्जीवी अर्याल (सुर्खेत) रहनुभएको छ । सम्मानित हुने प्रेस स्वतन्त्रता सेनानीहरुलाई मे ३ अर्थात २०७३ वैशाख २१ गतेका दिन चितवनमै सम्मान गरिने छ ।
५. नेपाल पत्रकार महासंघको ‘केन्द्रीय साधारणसभा’लाई भव्यताका साथ सम्पन्न गर्न महासंघका सम्पूर्ण सभासद् मित्रहरुलाई २०७३ वैशाख २० गते साँझ चितवनमा अनिवार्य उपस्थितिका लागि हार्दिक अपील गर्दछौं ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here