Press Statement
नेपाल पत्रकार महासंघको २५औं महाधिवेशन असार २२ र २३ मा
24 May, 2017नेपाल पत्रकार महासंघको १३औं पूर्ण बैठक आज २०७४ जेठ १० गते महासंघ केन्द्रीय कार्यालय सञ्चारग्राम काठमाडौंमा सम्पन्न भयो । अध्यक्ष डा. महेन्द्र विष्टको अध्यक्षतामा बसेको बैठकले महासचिव उजिर मगरको सांगठनिक कार्य प्रगति र कोषाध्यक्ष सूर्यमणि गौतमको आर्थिक विवरणसहितको प्रतिवेदन पारित गर्नुका साथै २५औं महाधिवेशनका सन्दर्भमा वैठकले केही महत्वपूर्ण निर्णयहरू गरेको छ । निर्णयहरु देहायबमोजिम छन्—
१. नेपाल पत्रकार महासंघको २५औं महाविधेशन ‘व्यवसायिक पत्रकारिताको आधार, प्रेस स्वतन्त्रता र श्रम अधिकार’ भन्ने मूल नारा सहित २०७४ असार २२ र २३ गते काठमाडौं प्रज्ञा भवनमा गर्ने निर्णय गरेको छ । जेठ ३१ गतेको स्थानीय तहको दोस्रो चरणको निर्वाचन हुने विशेष परिस्थिति र त्यस्तो संवेदनशील समयमा पत्रकारहरूले स्थलगत रिपोर्टिङ र समाचारकक्षमा निर्वाह गर्नुपर्ने विशेष दायित्व एबं तयारीको प्राविधिक पक्षलाई समेत मध्यनजर गर्र्दै बैठकले महासंघको २५औं महाधिवेशन यस अघि तोकिएको मिति २०७४ जेठ २० गतेको सट्टा नयाँ मिति असार २२ र २३ गते गर्ने निर्णय गरेको हो । वैठकले २५औं महाधिवेशनबाट निर्वाचित हुने नयाँ कार्य समितिका लागि निर्वाचन प्रक्रिया असार २० गतेदेखि नै प्रारम्भ गर्न केन्द्रीय निर्वाचन समितिलाई अनुरोध गर्ने निर्णय गरेको छ ।
२. वैठकले निर्वाचन भैसकेका शाखा तथा एशोसियट संस्थाहरूको अधिवेशनको समीक्षा गर्नुका साथै बाँकी रहेका चार वटा जिल्ला शाखालाई तत्काल अधिवेशन सम्पन्न गर्न निर्देशन गरेको छ ।
३. वैठकले नयाँ संविधानको कार्यान्वयन र संघीय प्रणालीको अभ्यासको क्रममा स्थानीय सरकार गठनको प्रक्रिया प्रारम्भ भई पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी प्रकट गर्दै दोस्रो चरणको निर्वाचन पनि सहज वातावरणमा सम्पन्न हुने विश्वास व्यक्त गरेको छ ।
यस ऐतिहासिक घडीमा सञ्चार जगतबाट उच्चतम व्यावसायिक अभ्यासका साथ सकारात्मक भूमिक निर्वाह हुने विश्वास दिलाउँदै वैठकले निर्वाचनको क्रममा सूचनाको पहुँच, प्रवाह र स्वतन्त्र रुपमा विचार, अभिव्यक्ति स्वतन्त्रता एवं व्यवसायिक पत्रकारिताको सहज वातावरण बनाउन सम्बद्ध पक्षसँग माग गरेको छ । वैठकले यस अबधिमा पत्रकारिता गरेकै कारण गिरफ्तार गरिएका पत्रकारहरुलाई तत्काल रिहा गर्न पनि माग गरेको छ । महासंघले निर्वाचनकै क्रममा विभिन्न पक्षबाट पत्रकारलाई धम्क्याउने, दुव्र्यवहार गर्ने तथा सामाजिक सञ्जालमा जथाभावी टिप्पणी गर्ने गरिएका विषयलाई गम्भीरतापूर्वक लिँदै यस्ता क्रियाकलापलाई नियन्त्रण एवं दोषीलाई कानुनी दायरामा ल्याई कारवाही गर्न सम्बद्ध पक्षको ध्यानाकर्षण गराएको छ । वैठकले निर्वाचन आचारसंहिताको पूर्ण पालना गर्न सम्बद्ध सबैमा अपील पनि गरेको छ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here