Press Statement
पत्रकारकाे निधनले महासंघ स्तब्ध
30 Mar, 2017नेपाल पत्रकार महासंघ पर्सा शाखाका सदस्य काशिनाथ यादवको ५७ बर्षको उमेरमा मष्तिस्कघातका कारण उपचारका क्रममा काठमाडौंस्थित न्यूरो अस्पतालमा चैत १६ गते निधन भएको दुःखद् खवरले नेपाल पत्रकार महासंघ स्तब्ध भएको छ ।
२०१६ सालमा बारा जिल्लाको बेलडारीमा जन्मनु भएका पत्रकार यादव झन्डै तीन दशकदेखि पत्रकारितामा क्रियाशील हुनुहुन्थ्यो । पछिल्लो समय ब्रम्हास्त्र दैनिकका प्रधान सम्पादक तथा प्रकाशकका रुपमा क्रियाशील यादवले विमर्श, पुनर्जागरण साप्ताहिकलगायतका पत्रपत्रिकामा काम गर्नु भएको थियो । यादव वीरगञ्जस्थित ठाकुराम बहुमुखी क्याम्पसका सहप्राध्यापकसमेत हुनुहुन्थ्यो ।
महासंघले उहाँको निधनलाई नेपाली पत्रकारिताको क्षेत्रमा अपूरणीय क्षतिको रुपमा लिएको छ । स्वर्गीय यादवका तीन छोरा र दुई छोरी हुनुहुन्छ ।
महासंघ स्वर्गीय यादवप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँको आत्माको चिरशान्तिको कामना गर्दछ । दुःखको यस घडीमा शोकाकुल परिवारजनप्रति महासंघ गहिरो समवेदना प्रकट गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here