Press Statement
पत्रकारद्वयमाथि कुटपिट
09 Aug, 2018नेपाल पत्रकार महासंघ एवं नेपाल प्रेस युनियन पर्वतका अध्यक्ष छविलाल तिवारी र महासंघका पूर्व अध्यक्ष एवं युनियनका संस्थापक ओमप्रसाद घायलमाथि निर्माण व्यवसायी कुश्मा नगरपालिका वडा नं ४ निवासी पुस्कल शर्माले हातपात गरेको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ।
शर्मा नेतृत्वको समुहले रेडियो सालिग्रामका स्टेशन मेनेजर घायल र नागरिक दैनिकका संवाददाता तिवारीलाई विहीवार साँझ कुश्मा नगरपालिका वडा नं ४ छमर्केमा एक्कासी आक्रमण गरी लछारपछार गरेका हुन्। आक्रमणमा पत्रकार घायल घाइते भएका छन्। उनको शरीरमा लगाएका लुगा पनि शर्माले च्यातिदिएका छन्। मदिराले मातेका शर्माले सुनियोजित रुपमा पूर्वाग्रही ढंगले आक्रमण गरी धम्की दिने कायरतापूर्ण कार्यको युनियन भत्सर्ना गर्दछ।
पत्रकारलाई आक्रमण गरेको घटनालाई गम्भिरतापूर्वक लिएर आक्रमणमा संलग्न पुस्कल शर्मालाई कानुन बमोजिम कार्वाही गर्न र पत्रकारमाथि हुने यस्ता आक्रमण नदोहोरिने वातावरण सृजना गर्न युनियन स्थानीय प्रशासन समक्ष जोडदार माग गर्दछ ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here