Press Statement
पत्रकारमाथि कुटपिटको विरोध
15 Aug, 2016नेविसंघको प्रतिनिधि विवादका कारण नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा भएको झडपको समाचार र तस्विर संकलनमा गएका फोटो पत्रकार चन्द्र आले, नागरिक दैनिकका प्रतिक रायमाझी र एभिन्युजका पत्रकार किशोर चौधरी घाइते भएका छन्। प्रहरीले झडपको तस्बिर र भिडियो खिचेको भन्दै आले र चौधरीको क्यामेरासमेत प्रहरीले फुटाइदिएको फोटो पत्रकारहरुको भनाइ छ। समाचार तथा तस्विर संकलनका लागि गएका पत्रकारहरुमाथि प्रहरीले कुटपिट पनि गरेको छ।
फोटो तथा भिडियो खिचेकै भरमा पत्रकारमाथि कुटपिट गर्नु, क्यामेरामा क्षती पुर्याउने घटनाको युनियन विरोध गर्दछ। पत्रकारमाथि कुटपिट गर्ने प्रहरीलाई आवश्यक कार्वाही गरि घाइते पत्रकारको उपचार र उचित क्षतिपूर्ति उपलव्ध गराउन युनियन सरकारसँग मागसमेत गर्दछ। साथै प्रहरी नेतृत्वलाई आगामी दिनमा सञ्चारमैत्री व्यवहारका लागि मातहतका निकायलाई निर्देशन दिन पनि माग गर्दछौ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download