Press Statement
पत्रकारमाथि कुटपिट
07 Aug, 2018नेपाल प्रेस युनियन रुपन्देहीका कार्यसमिति सदस्य तथा बुटवल टुडे र वुद्ध टेलिभिजनमा कार्यरत पत्रकार राधेश्याम विश्वकर्मा,कार्यसमितिकै सदस्य तथा अन्नपूर्ण राष्ट्रिय दैनिकमा कार्यरत पत्रकार सलमान खान र खवर साप्ताहिकका सम्पादक दिपक घिमिरेलाई रिपोर्टीङका क्रममा रुपन्देहीमा गरिएको आक्रमणप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।
आफ्ना साथी महादेव साहको अस्पतालमै उपचारका क्रममा निधन भएपछि मेडिकल कलेजका विद्यारुथीहरुले गरेको आन्दोलनको रिपोर्टीङ गर्न गएका पत्रकारहरुमाथि साउन २० गते युनिभर्सल मेडिकल कलेज भैरहवाका विद्यार्थीहरुबाट भएको आक्रमणबाट पत्रकार साथीहरुको सञ्चार सामग्रीमा क्षती पुगेको छ। सो घटनामा पत्रकार साथीहरुमाथि दुर्व्यवहार समेत भएको छ।
नेपाल प्रेस युनियन सो घटनामा दोषी देखिएकाहरुमाथि कार्वाहीको माग गर्दै पिडित पत्रकार साथीहरुको क्षती पुर्याइएको सञ्चार सामग्रीको क्षतीपूर्तीको माग गर्दछ। स्थानिय पत्रकार साथीहरुले आफ्नो हक हित र सुरक्षाका लागि जारी राखेको दवावमुलक कार्यक्रममा नेपाल प्रेस युनियन ऐक्यवद्धता जनाउँदछ। साथै स्थानिय प्रसासनसँग दोषीहरुलाई कानुनी कार्वाही गरि भयरहित वातावरणमा स्वतन्त्र रुपमा पत्रकारीता गर्ने वातावरण मिलाउनका लागि नेपाल प्रेस युनियन अपिल गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download