Press Statement
पत्रकारमाथि भएको ज्यादतीको भर्त्सना
04 Jan, 2016समाचार संकलनको क्रममा सुर्खेतमा पत्रकारहरू सुदिप पुरी, सुशील खड्का, ईश्वर अधिकारी र कृष्ण आचार्यमाथि नेपाली सेनाबाट भएको दुव्र्यवहार र हातपातको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
महासंघ सुर्खेत शाखाका अनुसार २०७२ पुस १९ गते वीरेन्द्रनगरमा रहेको सैनिक आवासीय महाविद्यालयमा विद्यार्थीद्वारा शिक्षक कुटिएको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारत्रयलाई कर्णेल शिवप्रताव कार्कीले दुव्र्यवहार गर्दै ज्यान मार्ने धम्कीसमेत दि“दै पत्रकारहरूको क्यामेरा खोस्ने कार्य भएको छ ।
स्वतन्त्र रुपमा समाचार संकलन गर्न पाउने पत्रकारको संवैधानिक अधिकारलाई बञ्चित गर्नेगरी सेनाका जिम्मेवार अधिकारीबाट भएको यो कार्य प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप हो । महासंघ पत्रकारमाथि भएको यो ज्यादतीको कडा भर्त्सना गर्दै प्रेसको संवैधानिक अधिकारको सम्मान गरी पत्रकारको सुरक्षा र निर्वाध प्रेस स्वतन्त्रताको उपभोगको वातावरण निर्माण गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछ ।
घटनामा संलग्न सैनिक अधिकारको उक्त व्यवहार के कति कारणले भएको हो तत्काल छानबिन गरी विभागीय कारबाही गर्न महासंघ सम्बन्धित पक्षसँग पनि माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download