Press Statement
पत्रकारलाई धम्की दिइएकोमा महासंघको विरोध
24 Oct, 2016अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्कीको विषयमा समाचार लेखेकै आधारमा राजधानी दैनिकका सम्पादक राजन शर्मा, समाचार सम्पादक गणेश वस्नेत र वरिष्ठ समाचारदाता टपेन्द्र कार्कीलाई अज्ञात फोनबाट धम्की दिइएको समाचारप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
२०७३ कात्तिक ७ गते साँझ राजधानी दैनिकमा फोन गरी लगातार धम्की दिइएको समाचार सम्पादक बस्नेतले जनाएका छन् । अज्ञात नम्बरबाट राजधानी दैनिकको ‘ल्याण्डलाइन’ मा फोन गरी पहिले सम्पादक शर्मालाइ र पुनः फोन गरी प्रेस चौतारीका अध्यक्ष समेत रहेका समाचार सम्पादक बस्नेत एवं वरिष्ठ समाचारदाता कार्कीलाई ‘ज्यान प्यारो भए कार्कीको विषयमा कुनै नकारात्मक समाचार नलेख्नु’ भनी एउटै भाषा प्रयोग गरी धम्की दिइएको बताइएको छ ।
महासंघ यस घट्नाको घोर भत्र्सना गर्र्दै दोषीलाई तत्काल कानुनी दायरामा लिई कारबाही अघि बढाउन तथा पत्रकार र सञ्चारमाध्यमलाई निर्भयपूर्वक काम गर्ने वातावरण बनाउन सरकारसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download