Press Statement
पत्रकारलाई साइवर अपराध अन्तर्गत पक्राउ गरिएकोमा गम्भिर ध्यानाकर्षण
25 Nov, 2016सिराहाका बरिष्ठ पत्रकार, अनुकल्प दैनिकका सम्पादक तथा अधिकारकर्मी अर्जुन थपलियालाई समाचार लेखेको विषयमा व्यक्तिगत रिसइवी साँधी प्रहरीले साइवर अपराध अन्तर्गत पक्राउ गरि मुद्धा चलाएको बिषयमा नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।
सिराहामा कार्यरत तत्कालिन एक प्रहरी अधिकारीले दुख दिने नियत राखी नेपाल पत्रकार महासंघको सिराहाको नेतृत्वलाई नै प्रयोग गरि उजुरी हाल्न लगाइ मंसिर ७ गते पत्रिकाको कार्यालयबाट आफ्नो घर जाने क्रममा बाटोबाटै पक्राउ गरि साइवर अपराधमा मुद्धा चलाउन काठमाडौं चलान गरिएको बिषयले हामीलाई गम्भिर बनाएको छ।
नेपालमा पत्रकारको भौतिक र पेशागत सुरक्षाको विषय पटकपटक उठिरहेको बेलामा जिम्मेवार अधिकारीहरुबाट भएको यस घटनाको हामी विरोध गर्दछौ। यस घटनामा जोडिएका प्रहरी अधिकारीमाथि छानविन गर्न प्रहरी प्रधान कार्यालय र गृह मन्त्रालयसँग माग गर्दछौ ।
पत्रकारलाई जेल हाल्न उद्यत हुने सिराहाका महासंघ नेतृत्वको विषयमा पनि छानविन गर्न महासंघको केन्द्रीय नेतृत्वसँग माग गर्दछौ। साथै पत्रकार अर्जुन थपलियालाई ससम्मान रिहा गर्न युनियन सरकारसँग जोडदार माग गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here