Press Statement
पत्रकारलाई सुरक्षाको प्रत्याभूति दिलाउन माग
26 May, 2017नेपाल पत्रकार महासंघकी केन्द्रीय सदस्य सुष्मा पौडेललगायत पोखरामा क्रियाशील पत्रकार महिलाहरूलाई समाचार लेखेकै आधारमा सामाजिक सञ्जालमार्फत ‘कार्की कार्की’ नामका व्यक्तिले भौतिक कारबाहीको धम्की दिएको तीनदिन भइसक्दा पनि अनुसन्धान तथा कारबाही नभएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
स्थानीय तहको निर्वाचनअन्तर्गत पोखरा लेखनाथ महानगरपालिकोको निर्वाचन परिणाम र पत्रकारको समाचार अपडेट विषयवस्तु जोडेर निज व्यक्तिले जेठ ९ गते फेसबुक मार्फत पोखराका पत्रकार महिलाहरूलाई उमासिंहजस्तै बनाउने धम्की दिएका थिए ।
नागरिकको सुसूचित हुने अधिकार रक्षाका लागि दत्तचित्त पत्रकारमाथि समाचार लेखेकै आधारमा धम्की दिइनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको प्रहार हो । यस्ता घटनाले पत्रकारको सुरक्षा थप चुनौतीपूण भएको महासंघको ठहर छ । उक्त घटनालाई लिएर प्रहरीसमक्ष उजुरीसमेत दिइएकोमा दोषीमाथि हालसम्म पनि कारबाही नहुनु दुःखद् पक्ष हो । महासंघ पत्रकारलाई धम्की दिनेलाई तत्काल कानुनी कारबाहीको दायरामा ल्याउन र सञ्चारकर्मीलाई निर्बाध रुपमा समाचार संकलन तथा संप्रेषण वातावरण निर्माण गरी सुरक्षाको प्रत्याभूति दिलाउन सरकारसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, June 2022 06/15/2022 Download
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download