Afghanistan
पत्रकारहरु पक्राउ प्रति खेद
05 Nov, 2015समाचार प्रकाशन भएको बिषयलाई लिएर गृहमन्त्रीको ठाडो निर्देशनमा एसकाठमाडौं डटकमको कार्यालयबाट पत्रकारहरु पक्राउ गरिएको घटनाप्रति नेपाल प्रेस युनियनको गम्भिर ध्यानाकर्षण भएको छ।
गृहमन्त्री शक्ति बहादुर बस्नेतको निर्देशनमा खटिएको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीका प्रहरीहरु समाचार कक्षमै पुगी पत्रकार मनोज खतिवडा र मार्केटिङकी एक कर्मचारीलाई पक्राउ गरेकोमा नेपाल प्रेस युनियन खेद व्यक्त गर्दछ।
भीआपीको इन्धन सुविधामै कालोबजारी शिर्षकमा एसकाठमाडौं डटकमले प्रकासित गरेको समाचारलाई लिएर सीआईवीले दुई जनालाई पक्राउ गरेको हो।
समाचार प्रकाशन भएकै बिषयमा समाचारको आधारमा न्यूजरुममा प्रहरी प्रवेश गरी पत्रकारलाई पक्राउ गरेको घटनाको युनियन विरोध जनाउँछ। समाचार लेखेकै भरमा न्यूजरुपमा प्रवेश गरी पत्रकार पक्राउ गर्ने कार्य लोकतान्त्रिक मुल्य र मान्यता विपरित हो। यस प्रकारका हर्कत तत्काल बन्द गर्न नेपाल प्रेस युनियन माग गर्दछ ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here