Press Statement

पत्रकार अभेष झाको निधन : महासंघ स्तब्ध

05 Sep, 2023
मिति :२०८०।०५।१९
नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य अभेष झाको ४२ वर्षको अल्पायुमै भएको असामयिक निधनको खबरले नेपाल पत्रकार महासंघ स्तब्ध र दुःखी भएको छ । केही समयअघि बिरामी परी उपचारपश्चात घरमै स्वास्थ्यलाभ गरिरहेका पत्रकार झाको भाद्र १९ गते मंगलबार बिहान ८ः३० बजे काठमाठौंको मरुहिटीस्थित निवासमा निधन भएको हो ।
विगत एक दशकदेखि पत्रकारितामा सक्रिय रहेका झाले कान्तिपुर हटलाइन डटकममा काम गर्नुभएको थियो । उहाँको निधनले नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको छ । स्वर्गीय झाका श्रीमती र एक छोरीे हुनुहुन्छ ।
महासंघ स्वर्गीय पत्रकार झाप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ ।
रोसन पुरी
महासचिव

Written By

Federation of Nepali Journalists Federation of Nepali Journalists

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235

Comments