Press Statement
पत्रकार आक्रमणको भर्त्सना
10 Nov, 2018नागरिक दैनिकका रुकुम सम्वाददाता लोकेन्द्र खनाललाई नेकपा रुकुम पश्चिमका कार्यकताहरुले छुरा प्रहार गरी गम्भीर घाइेत बनाइएको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
कात्तिक २३ गते रुकुमको बाफियाकोट ६ मग्मामा स्थानीय सोनु परियारको शुद्धी कार्यक्रममा जाँदे गरेको बेला कमलजंग खनाल, कर्णबहादुर कुसारी, कमोद कुसारी, कनिल कुसारी, विकास कुसारी, अमरसिंह कुसारीलगायतका दर्जनौं संख्यामा आएका नेकपा कार्यकर्ताहरुले पत्रकार खनालमाथि सांघातिक आक्रमण गरेका थिए । आक्रमणबाट पत्रकार खनालसहित घाइते भएका अन्य १२ जनालाई उपचारका लागि जिल्ला सदरमुकाम खलंगा लगिएको थियो ।
नेपालीहरुको महान चाड भाइटीकाका दिन सत्तारुढ दलका कार्यकर्ताबाट भएको यो आक्रमण प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हो । यो घटनाले पत्रकारको सुरक्षाको अवस्था कमजोर रहेको थप प्रष्ट्याएको छ । महासंघ पत्रकारलाई हतोत्साहित र त्रसिद बनाउने यो घटनाको कडा भत्र्सना गर्दछ । घटनामा संलग्नलाई तत्काल कानुनी दायरा ल्याउन र पत्रकारको सुरक्षामा गम्भीर हुन सम्बन्धित निकायसँग माग गर्दछ । साथै, घाइते पत्रकार खनालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारको सबै व्यवस्था मिलाउन सरकारसँग माग गर्दछ ।
यसैगरी समाचार लेखेको विषयमा अमेरिकामा रहेका नेपाली पत्रकार लोकमणि राईलाई प्रदेश १ का मुख्यमन्त्रीका सहयोगीले कुटपिट गरेको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।
नेपाल—अमेरिका पत्रकार संघ (नेजा) का अनुसार स्थानीय बिआरटी डटकम नामक न्यूज पोर्टलमा उपचारका लागि अमेरिका पुगेका प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका विषयमा समाचार लेखेको भन्दै मन्त्रीका मुख्य सहयोगी पारु हाङ राई र उमेश राईले अमेरिकामा तिहारको एक कार्यक्रममा सहभागी पत्रकार राईलाई बाहिर बोलाएर निर्घात कुटपिट गरेका थिए ।
अमेरिका रहेका नेपाली पत्रकारमाथि नेपालकै जिम्मेवार मन्त्रीका सहयोगीबाट कुटपिट हुनु आफैंमा खेदजनक र गम्भीर विषय हो । महासंघ यो घटनाको घोर भत्र्सना गर्दछ । र, घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here