Press Statement
पत्रकार आक्रमण र नियन्त्रणको महासंघद्वारा विरोध
12 Jun, 2016नेपाल पत्रकार महासंघ सोलुखुम्बु शाखाका सदस्य एवं हिमाल एफएमका प्रवन्ध निर्देशक भानुभक्त निरौलामाथि स्थानीय शान्ति समिति सोलुखुम्बुका संयोजक बुद्धिकुमार राजभण्डारीले गरेको आक्रमणप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ । समाचारको विषयलाई लिएर पत्रकार निरौलामाथि जेठ २८ गते जिल्ला प्रशासनअगाडि राजभण्डारीद्वारा आक्रमण गरिएको महासंघको सोलुखुम्बु शाखाले जनाएको छ ।
समाचारप्रति चित्त नबुझे त्यसउपर अपनाउनु पर्ने कानुनी उपचारका विकल्पलाई छाडेर जिम्मेवार पदमा बसेका व्यक्तिबाट स्थार्वजनिक स्थानमा पत्रकारमाथि भएको यो आक्रमण प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप हो । महासंघ पत्रकार निरौलामाथि भएको आक्रमणको कडा भत्र्सना गर्दै दोषीउपर कडा कारबाहीका लागि सम्बन्धित पक्षसँग माग गर्दछ ।
यसैगरी साहित्यकार एवं पत्रकार स्नेह सायमीलाई प्रहरीले फोटो खिचेको निहुँमा जेठ २९ गते तीन घण्टा नियन्त्रणमा लिएको घटनाप्रति पनि नेपाल पत्रकार महासंघको ध्यानाकर्षण भएको छ । कालीमाटिको ढुंगेअड्डा क्षेत्रमा भैरहेको बाटो विस्तारको फोटो खिच्दा नियन्त्रणमा राखिएको सायमीको भनाई छ ।
स्वतन्त्र रुपमा समाचार संकलन र संप्रेषण गर्न पाउने पत्रकारको संवैधानिक अधिकारलाई कुण्ठित बनाउँदै प्रहरीद्वारा भएको यो दुव्र्यवहारको नेपाल पत्रकार महासंघ निन्दा गर्दछ र घटनामा संलग्न प्रहरीमाथि कारबाही गरी पत्रकारको संवैधानिक अधिकारको सम्मान गर्न सम्बन्धित निकायसँग माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here