Press Statement
पत्रकार ढकालमाथि भएको कुटपीटको विरोध
06 Feb, 2018नेपाल प्रेस युनियनका सदस्य तथा पोखराबाट प्रकाशित हुने आदर्श समाज दैनिकमा कार्यरत पत्रकार प्रकाश ढकालमाथि समाचार संकलनका क्रममा मंगलवार प्रहरीले लाठी प्रहार गरि घाईते बनाएको घटनाप्रति नेपाल प्रेस युनियनको ध्यानाकर्षण भएको छ।
पृथ्वीनारायण क्याम्पस पोखराका विद्यार्थी वोधराज ढकालको बसले ठक्कर दिएर मृत्यु भएको विषयमा आक्रोशित विद्यार्थीहरुले मंगलवार गरेको प्रदर्शनको समाचार संकलनका गएका पत्रकार प्रकाश ढकाललाई परिचयपत्र देखाउँदा देखाउँदै एक्लो परेर कुट्ने प्रहरीको हर्कतको युनियन कडा शब्दमा निन्दा गर्दछ।
आफ्नो कर्तव्य निर्वाहका क्रममा समाचार संकलनका लागि कार्यक्षेत्रमा रहेकाहरुलाई परिस्थिति हेरि वातावरण सहज बनाउनुपर्नेमा उल्टै एक्लो भएको मौका छोपी पत्रकार कुट्ने कार्यले प्रहरी प्रसासनको प्रेसमाथिको नियत उदाङगो भएको छ।
नेपाल प्रेस युनियन पत्रकार ढकाल माथी आक्रमण गर्ने प्रहरीलाई कार्वाही गर्दै उनको उचित उपचारको व्यवस्था गर्न माग गर्दछ। साथै भविष्यमा समेत पत्रकारलाई निर्वाध ढङगले समाचार संकलन गर्ने वातावरण मिलाउदै यस्ता घटना नदोहोर्याउने प्रतिवद्धताको लागि नेपाल प्रहरी र सम्वन्धित सबैमा सचेत गराउँछ। युनियन प्रहरीको कुटपिटबाट घाईते बन्नुभएका पत्रकार ढकालको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download
- IFJ South Asia Media Bulletin, March 2022 03/18/2022 Download