Press Statement
पत्रकार धम्की निन्दनीय: नेपाल प्रेस युनियन
29 Nov, 2018नेपाल प्रेस युनियन पूर्व केन्द्रीय महाधिवेशन प्रतिनिधी तथा नेपाल पत्रकार महासंघ कास्की शाखाका कार्यसमिति सदस्य क्रियाशिल पत्रकार कमल पौडेल ‘अथक’ माथि दुर्व्यवहार गर्दै फोनमा समेत धम्की दिइएकाप्रति नेपाल प्रेस युनियनको गम्भीर ध्यानाकर्षण भएको छ ।
‘लाखौं रुपैयाँ उठाई पोखराकी एक महिला फरार, मिटर ब्याजमा सर्वसाधारण ठगि’ शीर्षकको समाचार किन सम्प्रेषण गरेको ? भन्दै नीज महिलाका आफन्त प्रजापति पराजुलीले दुर्व्यवहार गरेको र परिचय नखुलाइएका व्यक्तिले मोवाइल नम्वर ९८५६०४०२३८ बाट फोन गरि धम्कि दिएको पत्रकार पौडेलले जानकारी दिएका छन् ।
प्रकाशित/प्रसारित समाचारप्रति चित्त नबुझेमा समाचारको खण्डन गर्ने, प्रेस काउन्सिलमा उजुरी गर्ने र त्यतिले पनि चित्त नबुझेमा अदालतमा जान सक्ने अवस्थामा पत्रकार पौडेललाई गरिएको दुर्व्यवहार निन्दनिय रहेको छ।
नागरिकलाई सुसुचित गर्ने, विकृती विसंगतीको भण्डाफोर गर्ने हुन पाउने सञ्चारकर्मीको कलम रोक्ने यस खालको हर्कतको नेपाल प्रेस युनियन कड़ा शब्दमा बिरोध गर्दै दोषी माथि कडा भन्दा कडा कारवाहि गर्न माग गर्दछ।
पत्रकारको भौतिक सुरक्षाको प्रत्याभुति गरि निर्वाध समाचार संकलन र सम्प्रेषणको वातावरण वनाउन पनि स्थानिय प्रशासनसँग युनियन जोडदार माग गर्दछ।
Written By

Nepal Press Union Anam Nagar, GPO Box No - 19033 Kathmandu, Nepal Telephone: 015244746
Comments
Resources
- IFJ South Asia Media Bulletin, June 2022 06/15/2022 Download
-
IFJ South Asia Media Bulletin, May 2022 05/15/2022 Download
-
IFJ South Asia Media Bulletin, April 2022 04/16/2022 Download