Nepal
पत्रकार धम्क्याउनेलाई कारबाहीको माग
05 Oct, 2015कान्तिपुर दैनिकका बर्दिया सम्वाददाता कमल पन्थीलाई समाचारको विषयलाई लिएर सामाजिक सञ्जालमार्फ भौतिक कारबाहीको धम्की दिइएकोमा नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षा भएको छ ।
महासंघ बर्दिया शाखाका अनुसार, २०७२ असोज १५ गते कान्तिपुर दैनिकमा प्रकाशित समाचारमाथि टिप्पणी गर्दै मुकेश चौधरी भन्ने व्यक्तिले पन्थीलाई ‘चौराहामा लगेर जलाउने पर्ने हो’ भनी फेसबुकमा टिप्पणी लेखेका थिए । हाल उनलाई पक्राउ गरी कानुनी कारवाही अघि बढाइएको स्थानीय प्रशासनको भनाइ छ ।
महासंघ समाचारको विषयलाई लिएर गरिने यस्ता हिंसाजन्य अभिव्यक्ति र धम्कीको कडा शब्दमा भर्त्सना गर्दै दोषीमाथि कानुनी कारवाही र पीडित पत्रकारको भरपर्दो सुरक्षा व्यवास्थाको माग गर्दछ ।
Written By

Federation of Nepali Journalists Media Village, Sinamangal, Kathmandu, Nepal Telephone: +977 01 449 0063/ 493 873/ 447 8235
Comments
Resources
- IFJ South Asia Media Bulletin, 15 October 2020 10/18/2020 Download
-
States of Control: Covid, Cuts and Impunity 05/03/2020 Download
-
Journalists Detained and Journalists’ Safety Indicators 2019-20 05/03/2020 Read here